माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १, २०८१
|
|
४५ पटक हेरिएको
Shares
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय

सारांश

  • काठमाडौं।
  • नेकपा (एकीकृत समाजवादी) मा कुनै पनि दलसँग एकता नगर्नेबारे सहमति जुटेको छ।
  • विगत पाँच दिनदेखि जारी स्थायी कमिटी बैठक आज पनि टुङ्गिएको छैन ।

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) मा कुनै पनि दलसँग एकता नगर्नेबारे सहमति जुटेको छ। विगत पाँच दिनदेखि जारी स्थायी कमिटी बैठक आज पनि टुङ्गिएको छैन । तर, कुनै पनि दलसँग पार्टी एकता नगर्ने विषयमा भने सहमति जुटेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।

नेकपा (माओवादी केन्द्र) सँगे पार्टी एकता हुने व्यापक चर्चाको बीच एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । एकीकृत समाजवादीले सहकार्यका लागि भने मार्ग खुल्ला राखेको छ । बैठक पुनः भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।

‘आजको अवस्थामा देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकीकरण गर्ने, पार्टी एकता गर्ने आजको अवस्था नरहेको, तर सहकार्यको सम्भावना सधैं जिवित रहेको हुँदा विभिन्न राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्न हामी सबैलाई स्वागत पनि गर्छौं । सबैसँग सहकार्य गर्न तयार छौं । तर, कुनै पार्टीसँग एकता गर्ने सम्भावना आज नरहेको कुरा जानकारी गराउँछौं । यो विषयमा सहमति भइसकेको कुरा हो । भोलि यो विषयमा निर्णय आउँछ,’– उपाध्यक्ष खतिवडाले भने ।

पार्टीप्रति नेता तथा कार्यकर्तामा बढ्दो निराशाको कारण अध्यक्ष माधव कुमार नेपालले पार्टी एकताको एजेण्डा अगाडि बढाएका थिए । तर, उपाध्यक्ष खतिवडा, सम्मानित नेता झलनाथ खनाललगायतको तीब्र दवाबका बीच अध्यक्ष नेपालले एकताको एजेण्ड छोडेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    skapa ett binance-konto

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?