टी–२० मा नेपालको वरियता एक स्थान घट्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ३, २०७८
|
|
१८ पटक हेरिएको
Shares
टी–२० मा नेपालको वरियता एक स्थान घट्यो

सारांश

  • आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।
  • आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल १३औँ स्थानमा छ ।
  • यसअघि नेपाल १२औँ स्थानमा थियो ।

आईसीसी टी–२० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।

आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयता अनुसार नेपाल १३औँ स्थानमा छ । यसअघि नेपाल १२औँ स्थानमा थियो ।

ओमानमा सम्पन्न चार देशीय टी–२० श्रृङ्खलामा तीन खेलमध्ये नेपाल दुई खेलमा पराजित भएको थियो ।

नेपालले पहिलो खेलमा ओमानलाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा यूएईसँग २५ रन र तेस्रो खेलमा आयरल्यान्डसँग १६ रनले पराजित भएको थियो । श्रृङ्खला जितेको यूएई १२औँ स्थानमा उक्लिएको छ ।

वरीयताको शीर्ष स्थानमा इङ्ग्ल्यान्ड, दोस्रोमा भारत, तेस्रोमा पाकिस्तान, चौथोमा न्युजिल्यान्ड, पाँचौँमा दक्षिण अफ्रिका रहेका छन् ।

चार देशीय श्रृङ्खलामा सहभागी आयरल्यान्ड १५औंँ तथा ओमान १८औँ स्थानमा छन्। आउँदो शुक्रवारदेखि सुरु हुने टी–२० विश्व कप छनोटको तयारी स्वरुप नेपाल, आयरल्यान्ड, यूएई र ओमानले ओमानमा चारदेशीय श्रृङ्खला खेलेका थिए ।

(https://www.spinabifida.net/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?