प्रदेश संयोजक भीम आचार्य सम्पर्कविहीन, सुनसरी एमालेमा भाँडभैलो !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १६, २०७४
|
|
३९ पटक हेरिएको
Shares
प्रदेश संयोजक भीम आचार्य सम्पर्कविहीन,  सुनसरी एमालेमा भाँडभैलो !

सारांश

  • सुनसरीमा वामपन्थी गठबन्धनको क्षेत्र बाँडफाँटमा एमाले प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले पार्टीभित्रका आफ्ना विरोधी सिध्याउने खेल खेलेको भन्दै जिल्ला र क्षेत्रका नेताहरुले सामूहिक राजीनामाको तयारी गरेका छन् ।
  • कार्यकर्ताको बिरोध शुरु भएपछि आचार्य भने उम्मेदवारी मनोनयनका दिन बिहानैदेखि सम्पर्कविहीन भएका छन् ।
  • आचार्यमाथि एमालेले सधैं जित्दै आएको सुनसरी २ माओवादीलाई दिलाएको आरोप लागेको छ ।

सुनसरीमा वामपन्थी गठबन्धनको क्षेत्र बाँडफाँटमा एमाले प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले पार्टीभित्रका आफ्ना विरोधी सिध्याउने खेल खेलेको भन्दै जिल्ला र क्षेत्रका नेताहरुले सामूहिक राजीनामाको तयारी गरेका छन् । कार्यकर्ताको बिरोध शुरु भएपछि आचार्य भने उम्मेदवारी मनोनयनका दिन बिहानैदेखि सम्पर्कविहीन भएका छन् ।

आचार्यमाथि एमालेले सधैं जित्दै आएको सुनसरी २ माओवादीलाई दिलाएको आरोप लागेको छ । इटहरी उपमहानगरसहित एमालेले जितेका क्षेत्र समेटिएको सो क्षेत्रमा यसअघि निर्वाचित सांसद रेवतीरमण भण्डारीलाई रोक्न आचार्यले जनमतमा कमजोर रहेको माओवादीलाई दिलाएको आरोप लागेको छ ।

त्यस्तै क्षेत्र नम्बर ४ मा केन्द्रीय सदस्य जगदीश कुसियतलाई टिकट रोकेर राप्रपाबाट एमाले प्रवेश गरेका रमेश श्रेष्ठलाई दिलाएपछि आचार्यविरुद्ध कार्यकर्ता उत्रिएका छन् । बिहानैदेखि प्रकाशपुरमा भेला भएका क्षेत्र र जिल्लाका नेताहरुले कुसियतले टिकट नपाए सामूहिक राजीनामा दिने बताएका छन् ।

पार्टीले श्रेष्ठलाई प्रतिनिसभा र कुसियतलाई प्रदेशमा टिकट दिएको छ । यसैबीच, भीम आचार्य उम्मेदवार बन्ने सुनसरी १ को ख मा माओवादीका जिल्ला इन्चार्ज मुक्साहाङ मेन्याङबो बागी उठ्ने भएका छन् । उनलाई एमालेकै जिल्ला नेता र कार्यकर्ताको समर्थन रहेको एमाले नेता भण्डारीले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ
योगेश भट्टराई भन्छन् भरतपुरमा माओवादीको उम्मेदवारी खारेज गर्नुपर्छ
प्रहरी चौकीका लागि जग्गादान
प्रहरी चौकीका लागि जग्गादान
राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त
राष्ट्रपति भण्डारी उच्चस्तरीय भेटवार्तामा व्यस्त
अधिग्रहणको पचास वर्षमा पनि विस्थापितको पीडा उस्तै
अधिग्रहणको पचास वर्षमा पनि विस्थापितको पीडा उस्तै
बैशाख २४ गतेको राशीफल यस्तो छ, आज यी राशी भएकाले बोलीमा लगाम लगाउनु पर्छ
हुम्लामा कांग्रेसका आधिकारिक र बागी उम्मेदवारबीच तनाव
बीमाको लोभमा साहु नै चोर निस्किए
बीमाको लोभमा साहु नै चोर निस्किए
बिधुत चोरी गरी प्राधिकरण लुट्ने १६ जना कर्मचारी प्रहरीको खोरमा (नाम सुची सहित)
बिधुत चोरी गरी प्राधिकरण लुट्ने १६ जना कर्मचारी प्रहरीको खोरमा (नाम सुची सहित)
संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरे: हृदयश त्रिपाठी
संविधानको पिता, काका र मामा भनिनेहरुले नै संवैधानिक संकट खडा गरे: हृदयश त्रिपाठी
विद्युत प्राधिकरणमा कुलमान रहने नरहने मन्त्रिपरिषदले आजै टुंगो लगाउन
विद्युत प्राधिकरणमा कुलमान रहने नरहने मन्त्रिपरिषदले आजै टुंगो लगाउन

तपाईंले छुटाउनुभयो कि?