भविष्य निर्माण माविमा झण्डै दश लाखको अक्षयकोष

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १४, २०७५
|
|
३८ पटक हेरिएको
Shares
भविष्य निर्माण माविमा झण्डै दश लाखको अक्षयकोष

सारांश

  • पोखरा, १४ फागुन , सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा चासो बढिरहेको अवस्थामा पोखरा–२१ स्थित भविष्य निर्माण माविमा शिक्षासेवीबाट रु नौ लाख ५३ हजार ८३० को अक्षयकोष स्थापना भएको छ ।
  • विद्यालयमा अध्ययनरत गरीब एवं जेहेन्दार छात्रछात्राका लागि छात्रवृत्ति प्रदान गरी पढाइमा सहयोग पु¥याउने उद्देश्यले स्थानीयवासीबाट उक्त अक्षयकोष स्थापना भएको हो ।
  • विद्यालयको आइतबार सम्पन्न ६६ औँ वार्षिकोत्सव समारोहमा विभिन्न सात महानुभावबाट एकै दिनमा रु चार लाख ३९ हजार २३० बराबरको अक्षयकोष स्थापना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिनुभयो ।

पोखरा, १४ फागुन , सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा चासो बढिरहेको अवस्थामा पोखरा–२१ स्थित भविष्य निर्माण माविमा शिक्षासेवीबाट रु नौ लाख ५३ हजार ८३० को अक्षयकोष स्थापना भएको छ । विद्यालयमा अध्ययनरत गरीब एवं जेहेन्दार छात्रछात्राका लागि छात्रवृत्ति प्रदान गरी पढाइमा सहयोग पु¥याउने उद्देश्यले स्थानीयवासीबाट उक्त अक्षयकोष स्थापना भएको हो ।

विद्यालयको आइतबार सम्पन्न ६६ औँ वार्षिकोत्सव समारोहमा विभिन्न सात महानुभावबाट एकै दिनमा रु चार लाख ३९ हजार २३० बराबरको अक्षयकोष स्थापना भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल भुजेलले जानकारी दिनुभयो ।

विद्यालयमा यसै क्षेत्रबाट निर्वाचित एवं नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री रवीन्द्र अधिकारीले बुबा इन्द्रप्रसाद अधिकारीको नाममा आप्mनो व्यक्तिगत रु एक लाख पाँच हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । अध्यक्ष भुजेलका अनुसार श्रीबहादुर रानाभाटले आप्mना बुबा चेतबहादुर रानाभाटको स्मृतिमा रु एक लाख ११ हजार १११, खड्कराज आचार्य र छोरा डा सिपी र दिपेन्द्र आचार्यले छोरी राधाकुमारी आचार्यको स्मृतिमा रु ५५ हजार ५५५, स्व बुबा भोलानाथ सुवेदीको स्मृतिमा छोरा नारायण (तोरण) र नवराज सुवेदीले ५३ हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।

त्यस्तै स्व बुबा जयबहादुर खत्रीको स्मृतिमा छोराबुहारी इन्द्रबहादुर र मिठुबाट रु ५० हजार, कृस्ति पोखरा मिलन बचत तथा ऋण सहकारी संस्थाबाट रु ५१ हजार, विद्यालयका संस्थापक स्व टेकबहादुर रानाभाटको स्मृतिमा उहाँका छोरा रमेशले रु १५ हजार ५५५, स्व पति हरिबहादुर ढकालको स्मृतिमा श्रीमती सिनाले रु ५० हजार नौको अक्षयकोष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

पोखरा–१७ राष्ट्र बैंक चोक निवासी तुुलबहादुर गुरुङ र उहाँकी श्रीमती आशकुमारीले आप्mना स्व बुबा लालबहादुरको स्मृतिमा रु दुई लाख २० हजार, नारायण रानाभाटबाट बुबा बलबहादुरको स्मृतिमा रु ४० हजार १००, नरेन्द्र रानाभाटले बुबा टेकबहादुरको स्मृतिमा रु २२ हजार, पोखरा–१७ निवासी इन्द्रबहादुर र सुशीला थापाबाट स्व नरबहादुरको स्मृतिमा रु २५ हजारको अक्षयकोष स्थापना भएको अध्यक्ष भुजेलले बताउनुभयो ।

त्यस्तै खगराज आचार्यले रु ५० हजारको कला र सहित्य अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयका लेखापाल फणिन्द्र थापाका अनुसार चन्द्रबहादुर थापा स्मृति अक्षयकोषमा रु १० हजार, हिराबहादुर कुँवरबाट रु १० हजार, रम्वी खत्रीले स्व पति तेजबहादुर खत्रीको स्मृतिमा रु १५ हजार, झपटबहादुर रानाभाटले बुबाआमा तिलकबहादुर र लीलामायाको स्मृतिमा रु १५ हजार सहयोग गर्नुभएको छ ।

त्यसैगरी तेजबहादुर खत्रीको स्मृतिमा उहाँका श्रीमतीद्वय राधाकुमारी र कृष्णकुमारी खत्रीबाट रु १० हजार ५००, धनबहादुर कार्कीबाट रु २० हजार, आमा मीनुदेवी खत्रीको स्मृतिमा छोरी सीता कार्कीले रु १० हजारको अक्षयकोष स्थापना गर्नुभएको छ ।

अक्षयकोषदातालाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीले वार्षिकोत्सवका अवसरमा आइतबार दोसल्ला र सम्मानपत्रले सम्मान गर्नुभयो । विसं २००५ मा भाषा पाठशालाका रूपमा स्थापित एवं विसं २००९ मा वैधानिकता प्राप्त गरेको उक्त विद्यालयमा हाल ४०० विद्यार्थी र २१ शिक्षकशिक्षिका रहेको विद्यालयका प्रधानाध्यापक राजेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यालयमा हालसम्म कक्षा नर्सरीदेखि आठसम्म अङ्ग्रेजी माध्यममा पढाइ सञ्चालन गरिएको छ भने अर्को वर्षदेखि कक्षा ९ सम्म विस्तार गरिने तयारी भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘उज्यालो जनकपुरधाम’ अभियानले फेरियो नगरको स्वरूप र सुरक्षा अवस्था
‘उज्यालो जनकपुरधाम’ अभियानले फेरियो नगरको स्वरूप र सुरक्षा अवस्था
ओली-प्रचण्ड सम्बन्ध : माया बैगुनी, नभइ नहुनी
ओली-प्रचण्ड सम्बन्ध : माया बैगुनी, नभइ नहुनी
कार्यदलको रिपोर्टका आधारमा एमाले–माओवादी केन्द्रबीच एकता प्रक्रिया
भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो :वरिष्ठ नेता पौडेल
भ्रष्टाचार ढाकछोप गर्न सरकार अख्तियारलाई तर्साउन लाग्यो :वरिष्ठ नेता पौडेल
नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप
नेकपा विवाद मिलाउन शितलनिवास सक्रिय, पोखरेलको पनि दौडधुप
आईपीएल: शीर्ष स्थानमा रहँदै गुजरात प्लेअफमा
आईपीएल: शीर्ष स्थानमा रहँदै गुजरात प्लेअफमा
गृह मोहले माओवादीमा लफडा, प्रचण्ड रिझाउँदै तीन नेता
गृह मोहले माओवादीमा लफडा, प्रचण्ड रिझाउँदै तीन नेता
पेट्रोलियम पदार्थको मूल्य घट्यो
पेट्रोलियम पदार्थको मूल्य घट्यो
आईजीपीद्वारा प्रधानमन्त्रीले राजिनामा दिन दिएको दबाब अस्वीकार, जबर्जस्ती गरे सर्वाेच्च जाने
आईजीपीद्वारा प्रधानमन्त्रीले राजिनामा दिन दिएको दबाब अस्वीकार, जबर्जस्ती गरे सर्वाेच्च जाने
नरेश पातलीकाे ‘गर्ल फ्रेन्ड’ छिटै बजारमा अाउँदै !
नरेश पातलीकाे ‘गर्ल फ्रेन्ड’ छिटै बजारमा अाउँदै !