एमाले माओवादी एकताको अर्को साइत ‘मजदूर दिवस’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ६, २०७५
|
|
४३ पटक हेरिएको
Shares
एमाले माओवादी एकताको अर्को साइत ‘मजदूर दिवस’

सारांश

  • काठमाडौं – कम्युनिस्ट पार्टी स्थापनाको दिन वैशाख ९ मा एमाले-माओवादीबीच एकता गर्न तय भएको पूर्वनिर्धारित मिति पर सर्नुमा वैकल्पिक नेतृत्वको खोजी वा पद हस्तान्तरण नै प्रमुख कारण रहेको तर्क बुद्धिजीवीहरूको छ ।
  • एकता संयोजन समितिको मंगलबारको बैठकमा पार्टी र सरकारको नेतृत्वको विषयले प्रवेश पाएपछि पूर्वघोषित मितिमा दुई पार्टीबीचको एकता सम्भावना टरेको दाबी उनीहरूको छ ।
  • दुई पार्टीबीच मजदुर दिवस मे १ अर्थात् वैशाख १८ गते मंगलबारका दिन हुन सक्ने तर्क उनीहरूको छ ।

काठमाडौं – कम्युनिस्ट पार्टी स्थापनाको दिन वैशाख ९ मा एमाले-माओवादीबीच एकता गर्न तय भएको पूर्वनिर्धारित मिति पर सर्नुमा वैकल्पिक नेतृत्वको खोजी वा पद हस्तान्तरण नै प्रमुख कारण रहेको तर्क बुद्धिजीवीहरूको छ ।

एकता संयोजन समितिको मंगलबारको बैठकमा पार्टी र सरकारको नेतृत्वको विषयले प्रवेश पाएपछि पूर्वघोषित मितिमा दुई पार्टीबीचको एकता सम्भावना टरेको दाबी उनीहरूको छ । दुई पार्टीबीच मजदुर दिवस मे १ अर्थात् वैशाख १८ गते मंगलबारका दिन हुन सक्ने तर्क उनीहरूको छ ।

विवादित विषयमा सहमति खोज्दै एकताको अर्को मिति घोषणा गर्ने जिम्मा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ ।

माओवादी नेता अग्निप्रसाद सापकोटाले एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणसम्बन्धी सम्पूर्ण अधिकार अध्यक्षद्वयलाई दिएकाले एकता हुँदैन भन्ने अर्थमा नबुझ्न आग्रह गरे ।

उनले अन्नपूर्णसँग भने, ‘कम्युनिस्ट स्थापना दिवसका दिन वैशाख ९ गते हुन नसकेको एकता मे १ मजदुर दिवसका दिन हुनेछ ।’ त्यसका लागि सम्भव भएसम्म बिहीबार वा शुक्रबारदेखि अध्यक्षद्वय बसेर आवश्यक गृहकार्य अघि बढाउने सापकोटाले जानकारी दिए।

उनले एक प्रश्नको उत्तरमा भने, ‘हामीबीच नमिलेको विषय जनयुद्धको सम्मानजनक स्वीकार्य, चुनाव चिह्न, केन्द्रीय समितिमा रहने संख्याको सम्मान र समानता, अध्यक्षद्वयको भूमिका निर्धारण र अधिकारको बाँडफाँट नै हो । अध्यक्ष दाहालसँग सुकुटे गृहकार्यमा सँगै रहेका सापकोटाले यी एजेन्डालाई निष्कर्षमा लगेर चाँडोभन्दा चाँडो पार्टी एकीकरणको घोषणाका लागि एकता संयोजन समितिले अध्यक्षद्वयलाई सर्वाधिकार दिएको छ ।’

कार्यदलले बुझाएको प्रतिवेदनमा विवादित भनिएका विषय ‘जनयुद्ध’, चुनाव चिह्न र ‘फिप्टी-फिप्टी’ले एकता प्रक्रियालाई लम्ब्याउँदै लगेको धारणा एमालेका महासचिव ईश्वर पोखरेल राख्छन् । उनले भने, ‘सबैभन्दा पेचिलो शब्दका रूपमा आएको ‘फाइनल टच’ दिन बाँकी विषय भनेको ‘फिप्टी-फिप्टी’ हो ।’

अध्यक्ष दाहाललाई पार्टी केन्द्रदेखि स्थानीय हुँदै भ्रातृसंगठन लगायतबाट परेको एकता अभियानका लागि माओवादीका तर्फबाट परेको दबाब नै रहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    पदम राज गिरि

    थुक्क तिम्रा नाटक लाज लाग्न पर्ने हामि समाचार पढ्नेलाई त लाज लागि सक्यो ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेची राजमार्ग : जमिन भासिने र पहिरो खस्ने समस्या
मेची राजमार्ग : जमिन भासिने र पहिरो खस्ने समस्या
नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जमा दुर्घटनाग्रस्त
नेपाल वायु सेवा निगमको जहाज नेपालगञ्जमा दुर्घटनाग्रस्त
काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;
काठमाडौंको प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी रवीन्द्र धानुकलाई दिने तयारी;
रिक्सामा छुटेको सात लाख ४० हजार फिर्ता
रिक्सामा छुटेको सात लाख ४० हजार फिर्ता
मलेसियामा कागजपत्रविहीन विदेशी कामदारलाई राहत
मलेसियामा कागजपत्रविहीन विदेशी कामदारलाई राहत
सप्तरीमा माओवादी केन्द्रको कमजोर नतिजा
सप्तरीमा माओवादी केन्द्रको कमजोर नतिजा
खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक गाउँपालिकालाई २० लाख
खरको छाना विस्थापित गर्न मन्त्री ज्ञवालीको पहलमा प्रत्येक गाउँपालिकालाई २० लाख
नेपालका यी ७ अत्यन्तै दुर्लभ तस्विरहरु, जुन तपाइलाई थाहै थिएन होला (मन परे सेयर गरौँ)
नेपालका यी ७ अत्यन्तै दुर्लभ तस्विरहरु, जुन तपाइलाई थाहै थिएन होला (मन परे सेयर गरौँ)
प्रदेश नं २ का छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडानको तयारी
प्रदेश नं २ का छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडानको तयारी
मुलुक बनाउन थुप्रै चुनौती भए पनि सामूहिक संकल्प गरे सकिन्छ : सभामुख महरा
मुलुक बनाउन थुप्रै चुनौती भए पनि सामूहिक संकल्प गरे सकिन्छ : सभामुख महरा