माधव नेपाल छोडेका नेता सहित एमाले स्थायी कमिटी बैठक सुरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ८, २०७८
|
|
५४ पटक हेरिएको
Shares
माधव नेपाल छोडेका नेता सहित एमाले स्थायी कमिटी बैठक सुरु

सारांश

  • नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ ।
  • तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।
  • बैठकमा माधव नेपालको साथ छोडेका स्थायी कमिटी सदस्यहरु पनि सहभागी छन् ।

नेकपा (एमाले) को स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा माधव नेपालको साथ छोडेका स्थायी कमिटी सदस्यहरु पनि सहभागी छन् । उनीहरु गत पुष ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि उनले बोलाएको कुनै पनि बैठकमा सहभागी भएका थिएनन् ।

आजको बैठकमा अमृत बोहरा, डा. भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी भएका हुन् । उनीहरुले हिजोमात्रै अध्यक्ष ओलीसँग बालकोटमा पुगेर छलफल गरेका थिए । उक्त छलफलमा अध्यक्ष ओलीले दश बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । र, २०७५ जेठ २ गते एमालेमा नेताहरुको जे जस्तो भूमिका र जिम्मेवारी थियो त्यो कायमै राख्ने पनि ओलीले वचन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?