माओवादीले समर्थन फिर्ता लिए के हुन्छ ? प्रधानमन्त्री,

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
माओवादीले समर्थन फिर्ता लिए के हुन्छ ? प्रधानमन्त्री,

सारांश

  • काठमाडौं ।
  • पछिल्लो राजनीतिक घटनाक्रमपछि सरकारको भविष्य र आसन्न निर्वाचनलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तालगायत कानुनविद्सँग परामर्श गरेका छन् ।
  • प्रधानमन्त्री देउवाले सत्तासाझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा आउन सक्ने समस्या र निर्वाचनको भविष्यमा केन्द्रित भएर कानुनविद्सँग परामर्श गरेका हुन् ।

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमपछि सरकारको भविष्य र आसन्न निर्वाचनलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्तालगायत कानुनविद्सँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री देउवाले सत्तासाझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिँदा आउन सक्ने समस्या र निर्वाचनको भविष्यमा केन्द्रित भएर कानुनविद्सँग परामर्श गरेका हुन् । देउवाले परामर्शका लागि बुधबार एकदर्जन कानुनविद्लाई बालुवाटार डाकेका थिए । कानुनविद्हरू पनि संविधान नै बोकेर देउवालाई भेट्न बालुवाटार
पुगेका थिए ।छलफलमा उपस्थित कांग्रेस नेताहरूले निर्वाचन बिथोल्ने रणनीतिअनुरुप वामगठबन्धन भएको हुनसक्ने आशंकासमेत उब्जाएका थिए ।महान्यायाधिवक्ता वसन्तराम भण्डारीले नयाँ राजनीतिक घटनाक्रमलाई लिएर छलफल भएको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?