परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
५१ पटक हेरिएको
Shares
परराष्ट्रमन्त्रीसँग कोरियाका राष्ट्रपतिका सल्लाहकारको भेटवार्ता

सारांश

  • काठमाडौँ ।
  • परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग गणतन्त्र कोरियाका राष्ट्रपतिका सल्लाहकार सुङ मिन जङले शिष्टाचार भेट गरेका छन् ।
  • मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ । परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग गणतन्त्र कोरियाका राष्ट्रपतिका सल्लाहकार सुङ मिन जङले शिष्टाचार भेट गरेका छन् ।

मन्त्रालयमा आज भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री डा पौड्यालले गणतन्त्र कोरिया र नेपालबीचको घनिष्ट सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको शिक्षा, स्वास्थ्य, पर्यटन, बौद्ध दर्शन र सांस्कृतिका आदानप्रदानलगायतका क्षेत्रमा सहकार्य अघि बढाउन कोरियन सरकारलाई आग्रह गरेकी थिइन् ।

सो अवसरमा सल्लाहकार सुङले इपिएसअन्तर्गत १५ हजारभन्दा बढी नेपाली कोरियामा रोजगारीमा रहेको उल्लेख गर्दै नेपालीको परिश्रमबाट कोरियन सरकार प्रभावित रहेको बताए । उनले परराष्ट्रमन्त्री डा पौड्याललाई कोरियन लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहेको समेत अवगत गराएका थिए ।

पररष्ट्रमन्त्रीसँग कतारका राजदूत भेट

आजै परराष्ट्रमन्त्री डा पौड्यालसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हैलले पनि शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा उनीहरूबीच दुई देशबीचको आपसी हितका विविध पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाकाे पुनर्गठन दिवस: नआउने भएपछि विप्लवले पठाए यस्तो सन्देश
नेकपाकाे पुनर्गठन दिवस: नआउने भएपछि विप्लवले पठाए यस्तो सन्देश
मन्त्री लालबाबुले अटेरी कर्मचारीलाई जागिरबाटै हटाउने तयारी
मन्त्री लालबाबुले अटेरी कर्मचारीलाई जागिरबाटै हटाउने तयारी
देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव कायमै, यस्तो रहनेछ आजको मौसम
देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव कायमै, यस्तो रहनेछ आजको मौसम
झापामा ओली, सिटौला र विश्वप्रकाशको पछिल्लो मत परिणाम !
ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियत ऋण दिने
ग्लोबल आइएमई बैंकले कृषकलाई सहुलियत ऋण दिने
प्रवक्ता डा महत भन्छन् : कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ
प्रवक्ता डा महत भन्छन् : कांग्रेस सधैँ मजदुरको पक्षमा उभिन्छ
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
इनर्जी ईफिसेन्सको क्षेत्रत्रमा काम गर्न कुलमानको आग्रह
इलाम-१ मा पुनः निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज
इलाम-१ मा पुनः निर्वाचन गर्न झलनाथले दायर गरेको रिट खारेज
एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न
एमसिए–नेपालद्वारा तीनवटै ४०० केभी सबस्टेशनको निर्माण सम्झौता सम्पन्न
हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन् !
हातखुट्टा नधोई छोराछोरीले भित्र पस्न दिँदैनन् !