मानव स्रोत विकास केन्द्रमा कामविहीन चार सहसचिव
सारांश
- काठमाडौं, १७ साउन ।
- सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ४ सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिइएको एक साता बितिसक्यो ।
- तर उनीहरुले हालसम्म केही काम पाएका छैनन् ।
काठमाडौं, १७ साउन । सरकारले शिक्षाका तीन ठूला निकाय समायोजन गरी गठन गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ४ सहसचिवलाई उपमहानिर्देशकको जिम्मेवारी दिइएको एक साता बितिसक्यो । तर उनीहरुले हालसम्म केही काम पाएका छैनन् ।
अहिले सबै सहसचिवको दिनचर्या आफ्नो कार्यालयमा पुग्ने, हाजिर गर्ने, गफगाफ गर्ने अनि फर्किने मात्रै भएको छ । साउन १ गतेदेखि गठन भएको केन्द्रमा सहसचिव खगेन्द्र नेपाल, टेकनारायण पाण्डे, दीपक शर्मा र चूडामणि पौडेललाई उपमहानिर्देशकको जिम्मा दिइएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवलाई उपमहानिर्देशकको पत्र दिए तापनि के काम गर्ने तोकिएको छैन । “हामीले पद त पायौं तर काम पाएका छैनौं”, एक उपमहानिर्देशकले भनेको भन्दै आजको नेपाल समाचारपत्रले समाचार छापेको छ ।
प्रतिक्रिया