प्रहरीद्धारा अवैध पटाका जफत

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
प्रहरीद्धारा अवैध पटाका जफत

सारांश

  • मोरङ, २९ असोज ।
  • प्रहरीले अवैध रुपमा रहेको विभिन्न किसिमका पटाका बरामद गरेको छ ।
  • सुनवर्सी नगरपालिका ८ मिलन चौकबाट करिब १३ हजार रुपैयाँ मूल्य बराबरका किङकोब्रा नामक पटाका २ सय प्याकेट, अल्फना फायर झिरझिरे १ सय २० प्याकेट, सानो फुल झरी १२ प्याकेट, रकेटबम १५ प्याकेट, कलर सेलिब्रेशन २ प्याकेट, फुलचक्र ८ प्याकेट र ग्यानोनबम २० प्याकेट २८ असोजको साँझ प्रहरीले बरामद गरेको हो ।

मोरङ, २९ असोज । प्रहरीले अवैध रुपमा रहेको विभिन्न किसिमका पटाका बरामद गरेको छ । सुनवर्सी नगरपालिका ८ मिलन चौकबाट करिब १३ हजार रुपैयाँ मूल्य बराबरका किङकोब्रा नामक पटाका २ सय प्याकेट, अल्फना फायर झिरझिरे १ सय २० प्याकेट, सानो फुल झरी १२ प्याकेट, रकेटबम १५ प्याकेट, कलर सेलिब्रेशन २ प्याकेट, फुलचक्र ८ प्याकेट र ग्यानोनबम २० प्याकेट २८ असोजको साँझ प्रहरीले बरामद गरेको हो ।

प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीलाई देख्नासाथ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका अपरिचित व्यक्तिहरुले पटाका छाडी फरार भएपश्चात प्रहरीले बरामद गरेको जनाएको छ ।फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?