मासु खाँदा घाँटीमा हाड अड्केर मृत्यु
सारांश
- काठमाडौं ।
- भनिन्छ नि, ‘घाँटी हेरी हाड निल्नुु’ तर, एकजनाको हाड अड्केकै कारण ज्यान गएको छ ।
- बिहेको भोजमा मासु चाख्दा हाड अड्किएर एकजनाको ज्यान गएको छ ।
काठमाडौं । भनिन्छ नि, ‘घाँटी हेरी हाड निल्नुु’ तर, एकजनाको हाड अड्केकै कारण ज्यान गएको छ । बिहेको भोजमा मासु चाख्दा हाड अड्किएर एकजनाको ज्यान गएको छ । नुवाकोटको विदुर नगरपालिका–१३ का ६० वर्षीय होमबहादुर कोइरालाको मासु खाने क्रममा मृत्यु भएको छ ।
आफन्तको बिहेको भोजमा मासु खाँदा अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खाँदाखाँदै हाड घाँटीमा अड्किएपछि उपचारका लागि त्रिशूली जिल्ला अस्पतालमा ल्याउने क्रममा कोइरालाको बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया