मोदी र नेपालबीच फोनवार्तामा के कुरा भयो ?
सारांश
- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र भारतीय पूर्व प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।
- नेता नेपालले मोदीलाई टेलिफोन गरी लोकसभा निर्वाचनमा विजय भएकामा बधाई दिएका छन् ।
- पूर्वप्रधानमन्त्री नेपालले मोदीको दोस्रो कार्यकालमा दुई देशबीचको सहकार्य लाभदायी हुने र नेपाल–भारतबीचको सम्बन्ध उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल र भारतीय पूर्व प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । नेता नेपालले मोदीलाई टेलिफोन गरी लोकसभा निर्वाचनमा विजय भएकामा बधाई दिएका छन् ।
पूर्वप्रधानमन्त्री नेपालले मोदीको दोस्रो कार्यकालमा दुई देशबीचको सहकार्य लाभदायी हुने र नेपाल–भारतबीचको सम्बन्ध उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले शुभकामनाका लागि धन्यवाद दिँदै नेपालसँग मिलेर काम गर्ने आफ्नो प्रतिबद्धता दोहो¥याउनुभएको नेता नेपालका प्रेस सहयोगी तथा नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया