राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक विहिबार नै पास गर्ने तयारी
सारांश
- काठमाडौ ।
- नागरिकता सम्बन्धी विधेयक विहिबार संसदबाट पास गर्ने तयारी गरिएको छ ।
- यस अघि अनुमोदनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरिएको थियो तर राष्ट्रपति भण्डारीले उक्त विधेयक अनुमोदन नगरी संसदमा फिर्ता पठाएको थियो ।
काठमाडौ । नागरिकता सम्बन्धी विधेयक विहिबार संसदबाट पास गर्ने तयारी गरिएको छ । यस अघि अनुमोदनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरिएको थियो तर राष्ट्रपति भण्डारीले उक्त विधेयक अनुमोदन नगरी संसदमा फिर्ता पठाएको थियो ।
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक बिहीबार नै प्रतिनिधिसभाबाट पारित गर्ने तयारी भएको छ । संघीय संसद सचिवालयले बिहीबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दै यसबारे उल्लेख गरेको हो ।
विधेयक गृहमन्त्री बालकृष्ण खाँणले पुनर्विचार र पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ । राष्ट्रपति भण्डारीले गत आइतबार उक्त विधेयक पुनर्विचार गरियोस् भनेर संसदलाई नै १५ बुँदे सन्देशसहित फिर्ता पठाएकी थिइन् । तर सत्ता गठबन्धन दलले यसअघि नै उक्त विधेयक हुबहु पारित गर्ने सहमति गरेको थियो । सोही अनुसार मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुखले जानकारी गराएर प्रक्रिया अघि बढाएका थिए ।
विधेयकमा प्रमुख प्रतिपक्षी दल एमालेले विदेशी बुहारीको हकमा ७ वर्षे प्रावधान राख्नुपर्ने अडान राख्दै आएको छ ।

प्रतिक्रिया