मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास, कांग्रेस आगो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १३, २०७६
|
|
३० पटक हेरिएको
Shares
मिनेन्द्र रिजालमाथि आक्रमण प्रयास, कांग्रेस आगो

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तनहुँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले काङ्ग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।
  • पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।
  • तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रममा जानुभएका नेता रिजाल, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति लगायतलाई नेकपाका कार्यकर्ताले खुकुरी, भाला, लाठी, ढुङ्गा र सिसीले आक्रमणको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले तनहुँमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ताले काङ्ग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रममा जानुभएका नेता रिजाल, काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति लगायतलाई नेकपाका कार्यकर्ताले खुकुरी, भाला, लाठी, ढुङ्गा र सिसीले आक्रमणको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमका विषयमा स्थानीय प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको काङ्ग्रेसले जनाएको छ । गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा रिजालबाट गराउने निर्णय गरेपछि उनी त्यहाँ गएको बुझिएको छ ।

भवन उद्घाटन गर्नबाट रोक्न ठाउँ ठाउँमा रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै रिजालसहितका नेताहरु चढेका गाडीमा ढुंगामुढा गरिएको थियो । बाटो अवरुद्ध गरेर बसेका नेकपा कार्यकर्ताहरुले हातहतियार र लाठीले आक्रमण गर्न खोजेको डा. रिजालले दाबी गरेका छन् ।

प्रहरी प्रशासनको आडमा नेकपा कार्यकर्ता आक्रमणमा उत्रिएको आरोप पनि उनले लगाए । नेकपा कार्यकर्ताको अवरोधका बावजुद नेता रिजाल रिसिङ गाउँपालिका पुगेर भवन उद्घाटन गरेका छन् । यता, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिकाको भवन उद्घाटन गर्न गएका नेताहरुमाथि मण्डले शैलीमा आक्रमण गरी नेकपाले फाँसीवादी चरित्र देखाएको भन्दै भर्त्सना गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?