लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको राजीनामा माग
सारांश
- नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजिनामा माग गरेको छ ।
- बुधबार बुटवलमा बसेको एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढअर्व बढि नोक्सान पु¥याउन खोजिएको भन्दै मुख्यमन्त्री केसीको राजिनामा माग गरेको हो ।
- एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि दुईवटा निर्माण कम्पनीलाई मात्र प्रतिष्पर्धा गराउने गरि प्रदेश पुर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पु¥याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले राजनीनामा दिनुपर्ने बताए ।
नेकपा एमालेले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको राजिनामा माग गरेको छ । बुधबार बुटवलमा बसेको एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको भवन ठेक्कामा सरकारले नै मिलेमतो गरेर राज्यलाई डेढअर्व बढि नोक्सान पु¥याउन खोजिएको भन्दै मुख्यमन्त्री केसीको राजिनामा माग गरेको हो ।
एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणका लागि दुईवटा निर्माण कम्पनीलाई मात्र प्रतिष्पर्धा गराउने गरि प्रदेश पुर्वाधार विकास प्राधिकरणले स्पेसिफिकेसन तयार गरेर राज्यलाई आर्थिक नोक्सान पु¥याउन खोजेको र मुख्यमन्त्री नै प्राधिकरणका अध्यक्ष रहेकोले राजनीनामा दिनुपर्ने बताए ।
उनले आर्थिक मिलेमतो रहेको आशंकापछि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेको राजिनामाले उक्त मिलेमतोलाई पुष्टि गरिदिएको दावी गरे ।
एमालेले केसी मुख्यमन्त्री भएपछि प्रदेश सरकारले एकपछि अर्को विवादास्पद काम गरेको, संघीयताको मर्ममाथि प्रहार र नागरिकमा संघीय शासन प्रणालीप्रति वितृष्णा जगाउने क्रियाकलाप हुँदै आएको आरोप लगाएको छ ।
प्रदेशको आवधिक योजनाले प्राथमिकरण गरेका आयोजनामा विनियोजन गरेको बजेट पूर्णतः कटौती गरेर गैरजिम्मेवारीपन देखाइएको एमालेको आरोप छ ।
प्रतिक्रिया