महाधिवेशनको मिति अन्योलमा, आन्दोलनको मुडमा राजपा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २९, २०७५
|
|
२० पटक हेरिएको
Shares
महाधिवेशनको मिति अन्योलमा, आन्दोलनको मुडमा राजपा

सारांश

  • राष्ट्रिय जनता पार्टी (राजपा) को महाधिवेशन बैशाख पहिलो साता नहुने पक्का भएको छ।
  • आन्तरिक विवादका कारण महाधिवेशन निधारित मितिमा नहुने निश्चित भईसकेको छ ।
  • राजपाले महाधिवेशन समेत गर्ने नसकेको वेला सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
राष्ट्रिय जनता पार्टी (राजपा) को महाधिवेशन बैशाख पहिलो साता नहुने पक्का भएको छ। आन्तरिक विवादका कारण महाधिवेशन निधारित मितिमा नहुने निश्चित भईसकेको छ । राजपाले महाधिवेशन समेत गर्ने नसकेको वेला सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
राष्ट्रिय जनता पार्टी राजपा राजनीतिक समितिको गत असारमा बसेको बैठकले बैशाख ७, ८ र ९ गते महाविधेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशन मिति तय भएको ९ महिना भइसक्दा पनि साधारण र सक्रिय सदस्यता वितरण हुन सकेको छैन ।
तोकिएको अवधिभित्र सदस्यता वितरण भइहाले पनि वडा, क्षेत्रीय र प्रदेश अधिवेशनका लागि समय नपुग्ने राजपा नेताहरूको भनाई छ । राजपाको नेताहरु विच नै अविश्वास संङखा पैदा हुँदा महाधिवेशनको टुङगो लाग्न नसकेको हो ।
बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधनसहित नौ बुँदे माग राख्दै सबै जिल्लामा कोणसभा र प्रर्दशन गर्ने निर्णय गरेको हो ।
रेशम चौधरीलाई कञ्चनपुर जिल्ला अदालतले जन्मकैद सजाय सुनाएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिँदै रुष्ट बनेको राजपाले सडक आन्दोन घोषणा गरेको हो । त्यस्तै जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकतादिनुपर्ने, भ्रष्टाचारी, कालोबजारी नियन्त्रण गर्नुपर्ने, राष्ट्रिय अखण्डता र एकतालाई बलियो बनाउनु पर्नेलगायतका माग अघि सारिएको महासचिव झाले बताउनुभयो ।
सर्वोच्च अदालतद्वारा नै जन्मका आधारमा वंशजको आधारमा नागरिकता दिन गरिएको आफ्नै आदेशको विरुद्ध लाखौं नेपालीलाई नागरिकताबाट वञ्चित गराई राज्य विहीन अवस्थामा पु¥याउने यसखाले आदेशले अत्यन्तै दुःखी र चिन्तित तुल्याएको राजपाले उल्लेख गरेको छ ।
केपीओली नेतृत्वमा सरकार बनेदेखि संविधान संशोधनको मागलाई प्राथमिकतामा राखेर राजपाले राजनीति गर्दै आएको छ । संविधान संशोधन हुने अपेक्षासहित ओली सरकारलाई समर्थन गरेको राजपाले उक्त समर्थन फिर्ता लिइसकेको छ । स्थायी सरकार बनिसकेपछि विकास र समृद्धिको नारा बोकेको सरकारविरुद्ध राजपाको आन्दोलन कति सफल हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन पाउँदैन : उर्जामन्त्री पुन
सरकार कुनै पनि बहानामा विकासबाट पन्छिन पाउँदैन : उर्जामन्त्री पुन
गाईघाटमा चोरीको घटना बढ्दो
गाईघाटमा चोरीको घटना बढ्दो
‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’
‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’
कजाकस्तानमा १०० यात्रु बोकेको बिमान दुर्घटना
कजाकस्तानमा १०० यात्रु बोकेको बिमान दुर्घटना
प्रचण्डले गरे अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान
प्रचण्डले गरे अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
ओलीको नाम देखाएरै जनतासँग भोट मागिएकाले महाधिवेशन अगाडी दुवै पदबाट राजीनामा दिन मिल्दैनः उपप्रधानमन्त्री पोखरेल
खसीबोका चोरी गर्ने गिरोहसहित मासु पसल सञ्चालक पक्राउ
खसीबोका चोरी गर्ने गिरोहसहित मासु पसल सञ्चालक पक्राउ
महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य
महासंघले छिट्टै दोस्रो चरणको आन्दोलन घोषणा गर्छ : अध्यक्ष आचार्य
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही
उडिरहेको जहाजमा दुई पाइलटबीच मुक्का हानाहान : दुबैलाई भयो यस्तो कारवाही
सम्राट अशोकका कारण कसरी बौद्ध धर्मको उत्थान भयो ?
सम्राट अशोकका कारण कसरी बौद्ध धर्मको उत्थान भयो ?

तपाईंले छुटाउनुभयो कि?