सभापति देउवाले कड्किँदै भने, ‘कांग्रेस पार्टी कसैको बपौति होइन’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ९, २०७५
|
|
१६ पटक हेरिएको
Shares
सभापति देउवाले कड्किँदै भने, ‘कांग्रेस पार्टी कसैको बपौति होइन’

सारांश

  • काठमाडौं ।
  • नेपाली कांग्रेसको कार्यक्रममा अझैपनि निर्वाचनमा हारेको विषय छुट्ने गरेको छैन ।
  • नेपाली कांग्रेसमा एकले अर्कालाई आरोप लगाउँदै चुनावमा हारेको विषय उठाइने गरिएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको कार्यक्रममा अझैपनि निर्वाचनमा हारेको विषय छुट्ने गरेको छैन । नेपाली कांग्रेसमा एकले अर्कालाई आरोप लगाउँदै चुनावमा हारेको विषय उठाइने गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारवाही हुने बताउन छाडेका छैनन् ।

नेपाली काङ्ग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पार्टी कमजोर हुने भएकाले पार्टीलाई हानि–नोक्सानी पुराउने सबैलाई कारवाही हुने दाबी गरे

“कांग्रेस पार्टी कसैको बपौती होइन, यो नेपाली जनताको पार्टी हो, पार्टीलाई कमजोर गर्ने जो कोहीलाई कारवाही हुनेछ” सभापति देउवाले भने । सभापति देउवाले जथाभावी बोल्दै हिँड्ने काङ्ग्रेसका नेता शेखर कोइरालालाई समेत कारवाही हुन सक्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र शुद्धीकरणको अभियान चलाउन आवश्यक रहेको धारणा व्यक्त गरे । सरकारको कमीकमजोरीका विषयमा जनतालाई जानकारी गराउँदै जनताका अधिकार रक्षाका लागि संघर्षमा होमिन कांग्रेसका सबै नेता तथा कार्यकर्तालाई अपिल गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?