डा. गोविन्द केसी आजदेखि अनसन बस्ने ,११ औं पटक अनसन बस्दै

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
डा. गोविन्द केसी आजदेखि अनसन बस्ने ,११ औं पटक अनसन बस्दै

सारांश

  • इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) का प्राध्यापक डा.
  • गोविन्द केसी आजदेखि अनसन बस्ने भएका छन् ।
  • सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरेको भन्दै केसीले फेरि आजदेखि ११ औं पटक अनशन बस्ने घोषणा गरेका हुन् ।

इन्स्टिच्युट अफ मेडिसिन (आईओएम) का प्राध्यापक डा. गोविन्द केसी आजदेखि अनसन बस्ने भएका छन् ।

सरकारले आफूसँग गरेको सम्झौताअनुसार काम नगरेको भन्दै केसीले फेरि आजदेखि ११ औं पटक अनशन बस्ने घोषणा गरेका हुन् ।आफूसँग विगतमा भएका सम्झौता सरकार र राजनीतिक दलले बारम्बार उल्लंघन गरेर गैरजिम्मेवारीपन प्रस्तुत गरेको र चिकित्सा शिक्षा ऐनको विधेयक संसद्बाट एक वर्ष पुगिसक्दा पनि पारित नगरेको भन्दै उनले फेरि अनशनको घोषणा गरेका हुन् ।

‘मसँग भएका सम्झौता कार्यान्वयन भएनन् । त्यसैले सोमबार साँझ चार बजेदेखि सत्याग्रह सुरु गर्दै छु’, डा. केसीले भने । उनले विधेयक पारित नहुनुमा निजी मेडिकल कलेज खोलेर व्यापार गर्न उद्यत प्रमुख दलका शीर्ष नेता तथा स्वार्थको द्वन्द्वमा फसेका संसदीय समितिका सदस्य मुख्य जिम्मेवार रहेको आरोप लगाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?