बिभिन्न ठाउँमा ५ जनाको मृत्‍यु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
४० पटक हेरिएको
Shares
बिभिन्न  ठाउँमा ५ जनाको मृत्‍यु

सारांश

  • काठमाडौं, ३० असार, मोरङ्ग ः सुनबर्सी नगरपालिका–२ अमरदह बजारस्थित पथरी डाईनिया सडक किनारामा बिराटनगर महानगरपालिका–४ बस्ने ५५ वर्षीय विविवन मल्लिक बिहिबार मृत फेला परेका छन् ।
  • यसैगरी मोरङ्ग बिराटनगर महानगरपालिका–१८ स्थित क्षेत्रिय बिद्युत प्राधिकरण नजिकै हाल नाम, थर, वतन नखुलेका तराईबासी जस्तो देखिने करीब ४५ वर्षीय पुरुष व्यक्ति बिहिबार मृत फेला परेका छन् ।
  • साथै मोरङ्ग सुन्दरहरैचा नगरपालिका–३ आईतबारे बस्ने २६ वर्षीया माया बि.

काठमाडौं, ३० असार,
मोरङ्ग ः सुनबर्सी नगरपालिका–२ अमरदह बजारस्थित पथरी डाईनिया सडक किनारामा बिराटनगर महानगरपालिका–४ बस्ने ५५ वर्षीय विविवन मल्लिक बिहिबार मृत फेला परेका छन् ।
यसैगरी मोरङ्ग बिराटनगर महानगरपालिका–१८ स्थित क्षेत्रिय बिद्युत प्राधिकरण नजिकै हाल नाम, थर, वतन नखुलेका तराईबासी जस्तो देखिने करीब ४५ वर्षीय पुरुष व्यक्ति बिहिबार मृत फेला परेका छन् ।

साथै मोरङ्ग सुन्दरहरैचा नगरपालिका–३ आईतबारे बस्ने २६ वर्षीया माया बि.क.शंकास्पद रुपमा आफ्नै घर भित्र शुक्रबार मृत फेला परेकी छिन् । अनुसन्धानको लागि प्रहरीले मृतकको श्रीमान श्रीहाङ राईलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी  काठमाडौं महानगरपालिका–३१ शंखमुल दोभान पुल स्थित सडकमा शुक्रबार पार्किङ गरी राखेको बा.१५ च ९९९० नम्बरको कारको चालक सिटमा बसिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–३१ शंखमुल घर भएका ४२ वर्षीय पुण्यराज पाण्डे मृत फेला परेका छन् ।

दाङ ः गढवा गाँउपालिका–२ जुरेनी भन्ने स्थानमा ४० वर्षीया गिता कुमाल बिहिबार मृत फेला परेकी छिन् । मृतककी देवरानी २१ वर्षीया मनि कुमाल बिच बिहान घरायसी बिषयमा विवाद भएको भन्ने बुझिन आएकोले मनिलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलद्वारा राजीनामा
बालबालिकामाथिको दुर्वव्यवहार सह्य छैनः प्रधानमन्त्री
बालबालिकामाथिको दुर्वव्यवहार सह्य छैनः प्रधानमन्त्री
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
हेलिकप्टर कम्पनीका कारण लुक्लामा अलपत्र परेका १५ जना भारतियहरुले स्वराजलाई गुहारेपछि…
१३ वर्षीया बालिका बलात्कृत
१३ वर्षीया बालिका बलात्कृत
नेपालमा कोरोनाको प्रकोप बढ्दो, प्रतिघण्टा २७ जना संक्रमित थपिदै
मकवानपुरमा प्रहरीद्वारा गाँजाको ब्याड नष्ट
मकवानपुरमा प्रहरीद्वारा गाँजाको ब्याड नष्ट
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए रिपाेर्ट सार्वजनिक
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टसहित तीन जनाको डीएनए रिपाेर्ट सार्वजनिक
बालककाे हत्या गरेपछि  १० लाख रुपैयाँ फिरौती !
बालककाे हत्या गरेपछि १० लाख रुपैयाँ फिरौती !
पार्टी एकताको गृहकार्य : माओवादी बैठक जारी, एमालेको साँझ बस्ने
पार्टी एकताको गृहकार्य : माओवादी बैठक जारी, एमालेको साँझ बस्ने
बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय
बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय

तपाईंले छुटाउनुभयो कि?