एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुमा सार्वजनिक गर्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ७, २०७९
|
|
२४ पटक हेरिएको
Shares
एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुमा सार्वजनिक गर्दै

सारांश

  • विराटनगर ।
  • नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।
  • २५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ ।

विराटनगर । नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ । २५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन नै एमालेले आफ्नोतर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए ।

विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुनमा सार्वजनिक गर्ने बताएका हुन् ।

एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई भोट माओवादी केन्द्रले मत दिने विश्वास व्यक्त गरेका उनले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?