‘नालापानी’मा नेपाल अंग्रेज युद्धकाे कथा ! (भिडियाे सहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
४१ पटक हेरिएको
Shares
‘नालापानी’मा  नेपाल अंग्रेज युद्धकाे कथा ! (भिडियाे सहित)

सारांश

  • काठमाडौँ, १२ असोज ।
  • नेपाल र अंग्रेजबीच भएको ऐतिहासीक नालापाली लडाईलाई समेटेर बनेको चलचित्र ‘नालापानी’को पहिलो टिजर सार्वजनिक भएको छ ।
  • विहिबार सार्वजनिक भएको टिजरलाई दर्शकले निकै मन पराइरहेका छन् ।

काठमाडौँ, १२ असोज । नेपाल र अंग्रेजबीच भएको ऐतिहासीक नालापाली लडाईलाई समेटेर बनेको चलचित्र ‘नालापानी’को पहिलो टिजर सार्वजनिक भएको छ । विहिबार सार्वजनिक भएको टिजरलाई दर्शकले निकै मन पराइरहेका छन् ।

रिमेश अधिकारीको निर्देशन तथा मनोज शाक्यको निर्माण रहेको चलचित्र ‘नालापानी’मा नेपालको गौरवशाली इतिहासको चित्रण गरिएको छ ।

आधुनिक हतियार सहितका अंग्रेज फौजसँग भएको युद्धमा नेपाली सेनाले बहादुरी देखाएको थियो । खुकुरी र ढुङ्गा मुढा कै भरमा लडेका नेपाली सेनाले अंग्रेज फौजलाई पछि हट्न बाध्य बनाएका थिए । नेपाली सेनालाई लडाईँबाट हराउन नसकेपछि अंग्रेज फौजले षड्यन्त्र रची नेपाली सेनालाई नालापानी किल्लाबाट हटाएका थिए । नालापानी युद्धलाई वीर नेपाली योद्धा बलभद्र कुँवरको बहादुरीका कारण स्मरण गरिन्छ ।

नेपालको इतिहासमा चलचित्र बनाउन लायक थुप्रैकथा भएपनि त्यो अनुसारको चलचित्र वा टेलिचलचित्र बन्न सकेका छैनन् । केही चलचित्रमा इतिहास कोट्याउन खोजिएपनि प्रस्तुतिका हिसाबले निकै फितलो भएपछि दर्शकमाझ त्यति स्मरणयोग्य बन्न सकेको पाइँदैन । यस्तोमा चलचित्र नालापानीले एउटा आशा जगाएको छ । पहिलो टिजरमा देखिएको पात्रहरुको अभिनय र भौगोलिक परिवेशका कारण दर्शक निकै उत्साहित दखिन्छन् । चलचित्र सफल भएको खण्डमा नेपाली चलचित्र उद्योगमा पनि एउटा अर्को ट्रेण्ड आउने पक्का छ ।

चलचित्रमा सन्तोष पन्त, अर्जुन जंग शाही, देश भक्त खनाल, पुजना प्रधान लगाएत थुप्रै कलाकारको अभिनय रहेको छ ।

विहिबार सार्वजनिक भएको टिजरलाई एक लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

भिडियाेः

https://www.youtube.com/watch?v=kNssnlTkXyo

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदी अरेबियामा सन् २०१९ मा ‘उल्लेख्य’ सङ्ख्यामा मृत्युदण्ड
साउदी अरेबियामा सन् २०१९ मा ‘उल्लेख्य’ सङ्ख्यामा मृत्युदण्ड
यसरी बन्दैछन् नारायणकाजी र बामदेव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री !
यसरी बन्दैछन् नारायणकाजी र बामदेव ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री !
फागुनभित्रै नेपाल कम्युनिष्ट पार्टी हुने, दुई कार्यदल गठन
फागुनभित्रै नेपाल कम्युनिष्ट पार्टी हुने, दुई कार्यदल गठन
दामनको रिसोर्टमा बेहोस भएका आठ भारतीयको मृत्यु
दामनको रिसोर्टमा बेहोस भएका आठ भारतीयको मृत्यु
श्रीनिवासले  ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
श्रीनिवासले ज्ञानेन्द्र शाहलाइ भनेका थिए ‘धर्म जोगाउन मुस्किल भयो सरकार !’
Save Instrument Museum
Save Instrument Museum
उपप्रधानमन्त्री पोखरेल चढेको गाडी तोडफोड
उपप्रधानमन्त्री पोखरेल चढेको गाडी तोडफोड
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
बैशाख ३१ मै स्थानिय तहको निर्वाचन एकै चरणमा सम्पन्न नभए जस्तो सुकै कदम चाल्छौ : युवा संघ
यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
यस्तो छ , बिमस्टेक  सम्मेलनको १८ बुँदे घोषणापत्रको मुख्य बुँदाहरु
३२ जिल्लामै उत्साहपूर्ण मतदान हुँदै [फोटो फिचर]
३२ जिल्लामै उत्साहपूर्ण मतदान हुँदै [फोटो फिचर]

तपाईंले छुटाउनुभयो कि?