राजपाको चुनावी तालमेल कांग्रेससँगः महन्थ ठाकुर
सारांश
- २ कात्तिक, काठमाडौं ।
- राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले कांग्रेससँग चुनावी गठबन्धन हुने बताएका छन् ।
- बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी-भैलो कार्यक्रममा बोल्दै ठाकुरले भने, ‘कांग्रेससँग चुनावी एकता हुन्छ, अब त्यसको लागि करिब-करिब सहमति भैसक्यो, हामी अन्तिम छलफलमा जुटेका छौं ।
२ कात्तिक, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले कांग्रेससँग चुनावी गठबन्धन हुने बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी-भैलो कार्यक्रममा बोल्दै ठाकुरले भने, ‘कांग्रेससँग चुनावी एकता हुन्छ, अब त्यसको लागि करिब-करिब सहमति भैसक्यो, हामी अन्तिम छलफलमा जुटेका छौं ।’
उनले राजपा र संघीय समाजवादी फोरम नेपालको संयुक्त गठबन्धनलाई ५५ सिट चाहिन्छ भनेर रणनीति लिएको जानकारी पनि दिए ।
नेता ठाकुरले एमाले र माओवादी केन्द्रको गठबन्धन सत्ता स्वार्थको लागि भएको आरोप लगाए । उनले भने, ‘वामपन्थीहरुको गठबन्धन कुनै सिद्धान्तले गर्दा बनेको होइन, वाम ध्रुवीकरण सत्ताको लागि हो, उत्तर र दक्षिण नमिल्ने शक्तिहरु एक ठाउँमा आउन र मिल्न नै सक्दैनन् ।’
उनीहरुबीच चुनावी तालमेल हुनेमा पनि उनले शंका व्यक्त गरे ।
यद्यपी राजनीतिक ध्रुविकरण हुनु आर्थिक हिसाबले मुलुकलाई राम्रो हुने उनले धारणा राखे ।
आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनप्रति सम्पूर्ण जनताको चासो बढेको भन्दै उनले पहाड होस् वा मधेस सबै ठाउँका नेपालीहरु मिलेर जानुपर्ने बताए ।
Kamal Sharma
ठिलेभए पनि राम्रो भयो
Gopal Ghising
उसको मात्र कुनै हैसियत छैन
Rajendra Shrestha
Taw congress ta honi kaha janxa taw
Ananda Bajracharya
टाउकोमा दुईवटा सिंग राखि दिए गोरुले जस्तै हान्न अाउन्छ होला। हेर्दैमा रिसाएको गोरु जस्रो छ।
सिताराम पोख्रेल
good
Mohan Mainali
कुन चै नौलोकुरा भयो तराई मा माओवादी सिध्याउन गीरीजाले ठाकुरलाई त्यसवेला पठाएका थिए बोतल मात्रै फरक हो रक्सी एउटै हो जनता कुरा बुझेकोदिन ईनिहरूले भाग्ने ठाउपनि पाउदैनन
Narayan Sedhai
काङ्ग्रेसका आफ्नै नेतालाइ सिट पुगि रहेको छैन ! मथिसे दललाइ 55 सिट ???
Jay Prakash Thakur
Khabardar thakur ji.congresh sang miler hoin baru forum sang.
Bal Ram Dangi
बुडो बल्ल लाइन मा आएछ ।