अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि लगाए गम्भीर आरोप

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
२७ पटक हेरिएको
Shares
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि लगाए गम्भीर आरोप

सारांश

  • काठमाडौं, ११ असोज ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको आगामी मध्यावधि चुनावलाई प्रभावित पार्न चाहेको आरोप लगाएका छन् ।
  • ट्रम्पले यस्तो आरोप न्युयोर्कमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको एक बैठकमा विश्वका कयौं शीर्ष नेताका अगाडि लगाएका हुन् ।

काठमाडौं, ११ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाको आगामी मध्यावधि चुनावलाई प्रभावित पार्न चाहेको आरोप लगाएका छन् । ट्रम्पले यस्तो आरोप न्युयोर्कमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको एक बैठकमा विश्वका कयौं शीर्ष नेताका अगाडि लगाएका हुन् ।

ट्रम्पले भने, ‘मैले फेरि पनि चुनाव जितौं भन्ने चीन चाहँदैन । किनभने म यस्तो पहिलो राष्ट्रपति हुँ, जसले चीनलाई व्यापारको मुद्दामा चुनौती दिएको छु ।’ यद्यपि ट्रम्पले आफ्नो अरोप पुष्टि गर्ने कुनै प्रमाण भने दिएका छैनन् । अमेरिका र चीनबीच व्यापार शुल्कलाई लिएर त्यतिबेलादेखि जारी छ, जतिबेला ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेका थिए ।

चिनियाँ विदेशमन्त्रीले ट्रम्पको आरोपलाई ‘अनुचित आरोप’ भनेर खारेज गरिदिएका छन् । अमेरिकामा मध्यावधि निर्वाचन ६ नोभेम्बरमा हुँदैछ ।
संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक परमाणु, रासायनिक र जैविक हतियारमाथि रोक लगाउने तरिकाका विषयमा चर्चा गर्न आयोजना गरिएको थियो । तर ट्रम्पले यो मौकामा चीनलाई निशाना बनाए । उनले भने, ‘चीन नोभेम्बरमा हाम्रो आगामी चुनावमा मेरो विरुद्ध दखल दिने कोशिश गरिरहेको छ, यो दुखको कुरा हो ।’

ट्रम्पले भने, ‘चीन मैले जितौं भन्ने चाहँदैन । किनभने म यस्तो पहिलो राष्ट्रपति हो जसले व्यापार मुद्दामा चीनलाई चुनौती दिएको छु । त्यतिमात्रै होइन व्यापारको मुद्दामा हामी चीनलाई जितिरहेका छौं । हामी चाहँदैनौं कि चीन हाम्रो चुनावमा दखल दिओस् ।’

ट्रम्पको आरोपको जवाफमा चिनियाँ विदेशमन्त्री वाङ यीले सुरक्षा परिषद चीन अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन भने । ‘चीनले सधैंभरि अन्य मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई पालना गर्दै आएको छ । यो चिनियाँ विदेश नीतिको परम्परा हो,’ उनले भने ।
यीले भने, ‘हामीले न पहिला अन्य मुलुकको आन्तरिक मामिलामा दखल दिएका छौं न आगामी दिनमै दिन्छौं । हामी चीनमाथि लगाइएको अनुचित आरोपलाई स्वीकार गर्न सक्दैनौं ।’

ट्रम्पले चीनमाथि अमेरिकी चुनावमा दखल दिएको आरोप लगाएको यो पहिलोपटक भने होइन । गत महिला अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले रुस, उत्तर कोरिया, इरान र चीन अमेरिकी निर्वाचनलाई दखल दिने योजना बनाइरहेको बताएका थिए । त्यसको एक दिन अगाडि पनि डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघ महासभामा दिएको भाषणमा चीनप्रति आफ्नो नीति सही भएको जिकिर गरेका थिए ।

विगत केही महिनादेखि अमेरिका र चीनबीच व्यापार युद्ध चलिरहेको छ । दुबै मुलुक एक–अर्का मुलुकबाट उत्पादित सामानमाथि शुल्क बढाउने होडमा सहभागी छन् । सेप्टेम्बरमा ट्रम्प प्रशासनले चिनियाँ उत्पादनमा २०० बिलियन डलर शुल्क लगाउने आदेश दिएको थियो । यसअघि पनि अमेरिकाले चिनियाँ उत्पादनमाथि ५० बिलियन डलर आयात शुल्क लगाएको थियो र जवाफमा चीनले त्यति नै मूल्य बराबरको उत्पादनमा शुल्क लगाएको थियो । विगत केही समयदेखि दुबै देशको सैन्य सम्बन्धमा पनि चिसोपना आएको छ । अमेरिकाले चिनियाँ सेनालाई रुसबाट हतियार खरिद गरेका कारण पावन्दी लगाएको छ । जवाफमा चीनले पनि अमेरिका भ्रमणमा गएका आफ्ना नौसेना प्रमुखलाई फिर्ता बोलाएको छ र दुबै देशबीच हुने सैन्य वार्तालाई स्थगित गरिदिएको छ । यस बाहेक चीनले अमेरिकी नौसेनाको एक जहाजलाई हङकङमा बस्नलाई रोक लगाएको छ ।

(yourolddog.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?