बढिमा १० दिनमा मतपत्र छापि सक्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ६, २०७९
|
|
२३ पटक हेरिएको
Shares
बढिमा १० दिनमा मतपत्र छापि सक्ने

सारांश

  • निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका छन् ।
  • काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् ।
  • शर्माका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले स्थानीय तह निर्वाचनको मतपत्र छपाइ बढीमा १० दिनमा सकिने बताएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् ।

शर्माका अनुसार हालसम्म एक करोड मतपत्र छपाइ भइसकेको छ अब धेरै छपाइ बाँकी छैन । छपाइ भएको मतपत्र ४६ जिल्लाको लागि भएको उनले बताए ।

मतपत्र जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरिरहेको छ । आयोगले जिल्लामा दलगत स्थितिलाई ध्यानमा राखेर मतपत्र छपाइ गर्दै आएको छ ।

आयोगका प्रवक्ता पौडेलका अनुसार सर्वाधिक काठमाडौंमा ४६ वटा दलका लागि मतपत्र छपाइ भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?