प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठकी आमाको निधनमा महासंघको समवेदना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०७५
|
|
३१ पटक हेरिएको
Shares
प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष श्रेष्ठकी आमाको निधनमा महासंघको समवेदना

सारांश

  • काठमाडौं, २१ असार ।
  • नेपाल पत्रकार महासंघका पूर्वसचिव एवं प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई मातृशोक परेको छ ।
  • श्रेष्ठकी आमा नारायणदेवी श्रेष्ठको निधनप्रति शोक वक्तव्य जारी गरी नेपाल पत्रकार महासंघले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

काठमाडौं, २१ असार । नेपाल पत्रकार महासंघका पूर्वसचिव एवं प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी आमा नारायणदेवी श्रेष्ठको निधनप्रति शोक वक्तव्य जारी गरी नेपाल पत्रकार महासंघले श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

“नेपाल पत्रकार महासंघका पूर्वसचिव तथा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई मातृशोक खवरले नेपाल पत्रकार महासंघ दुःखी र स्तब्ध भएको छ”, महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । श्रेष्ठकी ७७ वर्षीया माता नारायणदेवी श्रेष्ठको असार २० गते साँझ निधन भएको हो । उहाँ लामो समयदेखि विरामी परी उपचाररत हुनुहुन्थ्यो । स्वर्गीय श्रेष्ठका दुई छोरा र दुई छोरी छन् ।

“नेपाल पत्रकार महासंघ स्वर्गीय माताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “साथै, दुःखको यस घडीमा महासंघका पूर्वसचिव एवं काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसहित शोकसन्तप्त परिवारजनप्रति महासंघ गहिरो समवेदना व्यक्त गर्दछ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बच्चाको मृत्यु भएको विषयमा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुन : तनाब, प्रहरी तैनाथ
बच्चाको मृत्यु भएको विषयमा पोखराको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पुन : तनाब, प्रहरी तैनाथ
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
पोखराको अर्चलबोटमा कक्षा ११ को परिक्षा दिएर फर्किदै गरेका दुई विद्यार्थी दुर्घटनामा,एकको अवस्था गम्भिर
बुटवल उपमहानगरपालिका को ताजा  मत पारीणाम
बुटवल उपमहानगरपालिका को ताजा मत पारीणाम
मिसेस वर्ल्डमा नेपाललार्ई ह्युमनिटेरियन अवार्ड
मिसेस वर्ल्डमा नेपाललार्ई ह्युमनिटेरियन अवार्ड
How to Secure Business Software
ओली–प्रचण्ड सहमति : दुई प्रहरी संगठनमा दुई खनाल
ओली–प्रचण्ड सहमति : दुई प्रहरी संगठनमा दुई खनाल
मुलुकभर वर्षा, शनिबारदेखि माैसममा सुधार हुने
मुलुकभर वर्षा, शनिबारदेखि माैसममा सुधार हुने
रुसले प्रत्येक महिना दशौं लाख डोज कोरोनाभाइरसको भ्याक्सिन उत्पादन गर्ने
टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ
टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?

तपाईंले छुटाउनुभयो कि?