मुर्दा नै हत्यारा !
सारांश
- काठमाडाैँ ३ भदाै ।
- भारतको मध्य प्रदेशको एक गाउँमा भेटिएको शिर बिहिन लासले प्रहरीलाई चुनौति दियो ।
- उज्जैन पुलिसले फेला पारेको उक्त लाशको सनाखत हुँदा राजेश नाथ भनेर ठम्याइयो ।
काठमाडाैँ ३ भदाै । भारतको मध्य प्रदेशको एक गाउँमा भेटिएको शिर बिहिन लासले प्रहरीलाई चुनौति दियो । उज्जैन पुलिसले फेला पारेको उक्त लाशको सनाखत हुँदा राजेश नाथ भनेर ठम्याइयो । जसको कपडा र परिचय पत्र सबै राजेश नाथकै थियो ।
राजेशको हत्यारा खोज्ने क्रममा प्रहरीले राजेशलाई नै भेट्यो । राजेश आफ्नी प्रेमीकासँग शिवपुरीमा फेला प¥यो । अब मरेको मान्छे नै भटिए पछि त्यो लाश कसको भन्ने कुराको छानविन हुन थाल्यो ।
यस घटनाको पृष्ठभूमीका बारेमा प्रहरीले राजेशलाई केरकार गर्नु स्वभाविक थियो । निकै बेरको आनाकानी पछि राजेशले मुख खोल्यो । खासमा राजेश जियाजीगढ गाउँकी एक केटीसँग प्रेम गर्दो रहेछ । तर त्यहाँको पन्चायतले राजेशलाई गाउँ प्रवेश गर्न निषेध गरेछ । त्यसपछि राजेशले आफ्नी प्रमीकासँग सुखी जीवन बिताउने लोभमा अपराधिक योजना बनाएछ ।
प्रहरीका अनुसार राजेशले नजिकैको बजारी क्षेत्रबाट एकजना मजदुर जो आफ्नै कद र मोटाइको थियो उसलाई उठाएछ र विभिन्न लालच देखाएर आफ्नो अड्डामा लगि मारेछ । त्यसपछि आफ्ना कपडा जुत्ता आदि लगाइदिएछ र आधार कार्ड पनि खल्तिमा हालिदिएछ । जसले गर्दा मजदुर आफू जस्तो देखियो । अन्त्यमा पहिचानको मुख्य आधार टाउको नै शरीरबाट अलग गरेछ ।
उक्त हत्या काण्डमा संलग्न राजेश जोशी र उसकी प्रमीका बाहेक सघाउने राहुल नाथलाई प्रहरीले हिरासतमा लिएको छ ।
प्रतिक्रिया