चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ३०, २०७६
|
|
३८ पटक हेरिएको
Shares
चाडपर्व लक्षित बजार अनुगमन प्रभावकारी बनाइने

सारांश

  • गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशँै तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।
  • सरकारका तर्पmबाट आइतबार यहाँ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक विकास तथा पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावटलगायतका गतिविधि नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
  • बजार अनुगमनका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिइएको जानकारी दिँदै उहाँले मन्त्रिपरिषद् बैठकबाट बजार अनुगमन नियमावली– २०७६’ स्वीकृत गरिएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले नजिकिँदै गरेका दशँै तिहारलगायतका चार्डपर्व लक्षित गरी बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ ।सरकारका तर्पmबाट आइतबार यहाँ मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं भौतिक विकास तथा पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले चाडपर्वका समयमा हुनसक्ने कालोबजारी, मिसावटलगायतका गतिविधि नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बजार अनुगमनका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिइएको जानकारी दिँदै उहाँले मन्त्रिपरिषद् बैठकबाट बजार अनुगमन नियमावली– २०७६’ स्वीकृत गरिएको बताउनुभयो । डेङ्गु नियन्त्रणका लागि प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै उहाँले सरकारका तर्पmबाट रु २१ लाख सामाजिक विकास मन्त्रालयलाई दिइसकेको र आवश्यकताअनुसार सहयोग गर्दै जाने बताउनुभयो ।

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि २०७६ स्वीकृत गरेको बताउँदै प्रवक्ता बस्नेतले योजना छनोटमा सानातिना टुक्रे योजना नपर्ने व्यवस्था गरिएको बताउनुभयो ।उहाँका अनुसार रु २५ लाखका दुई वटा, रु दुई लाखका पाँच वटा र एक लाखका तीन वटा योजना छनोट गर्न पाइने छ । कूल रकममध्ये दुई ठूला योजनामात्र पनि सञ्चालन गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

मन्त्रिपरिषद्ले प्रदेशका सबै मन्त्रालयको वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी कार्यविधि स्वीकृत गरेको छ । कार्यविधिअनुसार अधिकांश योजनाका बोलपत्र कात्तिक मसान्तमा निकालिसक्नुपर्ने, विकास बजेट पहिलो चौमासिकमा १५ प्रतिशत, दोस्रोमा ३५, तेस्रोमा ४५ देखि ५० प्रतिशत खर्च गरिसक्नुपर्ने व्यवस्था छ ।

बैठकले सेवा करारमा प्राविधिक जनशक्ति छनोटसम्बन्धी कार्यविधि २०७६ पारित गरेको छ । प्रदेशमा आवश्यकताको ८० प्राविधिक अपुग रहेको बताउँदै मन्त्री बस्नेतले ल्याब, टेक्निसियन, सब इञ्जिनीयर र इञ्जिनीयरलगायत प्राविधिक करारमा नराखे विकास निर्माण प्रभावित हुने देखिएको बताउनुभयो ।सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई पूरा गर्न त्यही किसिमका कार्यक्रमलाई अघि बढाउने बताउँदै यसको प्रभावकारिताका लागि बैठकले कार्यविधि स्वीकृत गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
निवर्तमान महासचिव मगर दुर्घटनामा गम्भीर घाइते, महासंघद्वारा शीघ्र स्वास्थ्यलाभको कामना
सरकारको काम देख्न नसकेर विरोधी हतास बनेको : नेता नेपाल
सरकारको काम देख्न नसकेर विरोधी हतास बनेको : नेता नेपाल
दाङ बस दुर्घटना : विवाहको एक हप्ता नपुग्दै पुछियो सिन्दुर
दाङ बस दुर्घटना : विवाहको एक हप्ता नपुग्दै पुछियो सिन्दुर
वैदेशिक लगानीका उद्योगमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि
वैदेशिक लगानीका उद्योगमा रोजगारी पाउनेको सङ्ख्यामा वृद्धि
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण
झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि भारतीय टोलीद्वारा निरीक्षण
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू ११ बज्ने बित्तिकै हिडिहाल्छन्, तर कता?
६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू ११ बज्ने बित्तिकै हिडिहाल्छन्, तर कता?
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन
तल्लो तहसम्म संगठन विस्तार गर्न राप्रमसंलाई अध्यक्ष थापाको निर्देशन
काठमाडौँमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का
काठमाडौँमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का
बुटवलका ३ सय ११ घर भत्कीने
बुटवलका ३ सय ११ घर भत्कीने
बुधबार पनि ओरालो लाग्यो सेयर बजार
बुधबार पनि ओरालो लाग्यो सेयर बजार