यी हुन् वैदेशिक रोजगार विभागका २५ जना भ्रष्टचारि कर्मचारी !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
१६ पटक हेरिएको
Shares
यी हुन् वैदेशिक रोजगार विभागका २५ जना भ्रष्टचारि कर्मचारी !

सारांश

  • काठमाडौं, ९कात्तिक ।
  •   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका २५ जना कर्मचारीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
  • गलत कागजपत्रका आधारमा कुवेत जाने एक सय ८४ जना महिलाहरुलाई श्रम स्वीकृत दिएको अभियोगमा मुद्दा दायर भएको हो ।

काठमाडौं, ९कात्तिक ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका २५ जना कर्मचारीविरुद्ध एकैपटक भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत कागजपत्रका आधारमा कुवेत जाने एक सय ८४ जना महिलाहरुलाई श्रम स्वीकृत दिएको अभियोगमा मुद्दा दायर भएको हो ।  २५ अगष्ट २०१७ देखि २५ अक्टोवर २०१७ सम्म श्रम स्विकृती प्रदान गरे गराएका विवरणहरु लगायतका कागजात अध्ययन एवं अनुसन्धान गर्दा उक्त अवधिमा १८४ महिलाहरुलाई गलत कागजातका आधारमा श्रम स्वीकृति प्रदान गरी सरकारी निकायमा गलत लगत खडा गरे गराएको देखिएकाले मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

मुद्दा दायर गरिएकाहरुमा वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय¸ ताहाचल¸ काठमाडौंमा कार्यरत शाखा अधिकृत हरिप्रसाद देवकोटा¸ शाखा अधिकृत दीपककुमार आचार्य¸ शाखा अधिकृत गणेश विक्रम शाह¸ शाखा अधिकृत दिनेश कुमार राई¸ शाखा अधिकृत पवित्रा श्रेष्ठ र शाखा अधिकृत रामप्रसाद ओली¸ नायव सुव्बा अमरराज जोशी¸ नायव सुव्बा विष्णुहरी निरौला¸ नायव सुव्बा दिलबहादुर खत्री¸ नायव सुव्बा हेमराज पाण्डे¸ नायव सुव्बा कर्णबहादुर नेपाली छन् । त्यस्तै नायव सुव्बा केदार घिमिरे¸ नायव सुव्बा मदन गिरी¸ नायव सुव्बा खगेन्द्र पोखरेल¸ नायव सुव्बा लक्ष्मीदेवी भूषाल¸ नायव सुव्बा नगेन्द्रप्रसाद गौतम¸ नायव सुव्बा रविन्द्र घिमिरे¸ नायव सुव्बा रघुनाथ के।सी।¸ नायव सुव्बा योगेन्द्र खत्री¸ टा।नायव सुव्बा केशवराज ढुंगाना र कम्प्युटर अपरेटर अमर महरा¸ कम्प्युटर अपरेटर चक्रबहादुर पराजुली¸ कम्प्युटर अपरेटर डम्वर बहादुर विश्वकर्मा¸ कम्प्युटर अपरेटर धनवीरसिंह भाट¸ कम्प्युटर अपरेटर राजकुमार छन् ।

साथै कर्मचारीहरुसंगको मिलेमतोमा गलत कागजातहरु संलग्न गरी श्रम स्वीकृति लिने दिलाउने कार्यमा सहयोगी मतियारको काम गरी गराई सोबाट आफूले समेत आर्थिक लाभ लिने खाने कार्यमा समेत सहयोगीको भूमिकामा रहेका निज राजिवकुमार पञ्जियार र विकास थापाविरुद्ध समेत मुद्दा दायर भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?