किन आउँदैछन् बेलायती मन्त्री यसै साता नेपाल ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
किन आउँदैछन् बेलायती मन्त्री यसै साता नेपाल ?

सारांश

  • काठमाडाैं, माघ २२ ।
  • बेलायती आर्मड फोर्सेस मन्त्री मार्क ल्यानक्यास्टरले यसै साता नेपाल भ्रमण गर्ने भएका छन् ।
  • गत वर्ष संसदमा ब्रेक्जिट बहसले व्यस्त हुनुपरेको जनाउँदै अन्तिम समयमा भ्रमण रद्द गरेका उनले यही ९ देखि १३ फेब्रुअरीसम्म नेपाल भ्रमण गर्न लागेका हुन् ।

काठमाडाैं, माघ २२ । बेलायती आर्मड फोर्सेस मन्त्री मार्क ल्यानक्यास्टरले यसै साता नेपाल भ्रमण गर्ने भएका छन् । गत वर्ष संसदमा ब्रेक्जिट बहसले व्यस्त हुनुपरेको जनाउँदै अन्तिम समयमा भ्रमण रद्द गरेका उनले यही ९ देखि १३ फेब्रुअरीसम्म नेपाल भ्रमण गर्न लागेका हुन् ।

आजको कान्तिपुर दैनिकमा खबर छ- मन्त्री ल्यानक्यास्टरका साथ ब्रिटिस आर्मी चिफ अफ जनरल स्टाफ निकोलस कार्टरसमेत रहनेछन् ।

लन्डनस्थित नेपाली दूतावास स्रोतका अनुसार मन्त्रीले नेपालमा रहँदा सरकारका उच्चपदस्थ पदाधिकारीलाई भेट्नुका साथै गोर्खाहरूको एटेस्टेसन परेड (भर्ती भएर बेलायत आउन लागेका गोर्खाको परेड) अवलोकन गर्ने कार्यक्रम छ ।

नेपालमा तीन तहको निर्वाचन सम्पन्न भएर नयाँ सरकार गठन प्रक्रिया अगाडि बढिरहँदा बेलायती मन्त्रीको भ्रमणले दुई देशबीच पारस्परिक सम्बन्ध अरू बढ्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?