मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता : महासचिव पोखरेल

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २९, २०८०
|
|
६२ पटक हेरिएको
Shares
मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता  : महासचिव पोखरेल

सारांश

  • काठमाडौँ ।
  • नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन् ।
  • एमाले प्रचार विभागले आज यहाँ पार्टी मुख्यालयमा आयोजना गरेको ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीति स् अबको बाटो’ विषयक अन्तरक्रियामा उनले मुलुकको राष्ट्रिय समस्या समाधानका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए ।

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा बलियो राजनीतिक शक्तिको आवश्यकता रहेको बताएका छन् ।

एमाले प्रचार विभागले आज यहाँ पार्टी मुख्यालयमा आयोजना गरेको ‘मुलुकको वर्तमान राष्ट्रिय राजनीति स् अबको बाटो’ विषयक अन्तरक्रियामा उनले मुलुकको राष्ट्रिय समस्या समाधानका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताए ।

नेपालमा बलियो राष्ट्रिय शक्ति निर्माण हुन नदिनका लागि राजनीतिक अस्थिरता सिर्जना गर्ने प्रयास हुने गरेको उनको भनाइ छ । उनले बलियो राष्ट्रिय राजनीतिक शक्ति स्पष्ट नीति, उद्देश्य, लक्ष्य गन्तव्यमा भएको एमालेमात्र बन्ने बताए । “नेपालमा राजनीतिक अस्थिरता सिर्जना गर्नका लागि केहीले सांस्कृतिक अतिवादलाई प्रवद्र्धन गर्ने, कहिले लोकप्रियताका नाममा नेपाल बलियो राजनीतिक शक्ति निर्माण गर्ने प्रक्रिया अवरोध सिर्जना गर्ने खालका प्रयास भइरहेका छन्”, उनले भने ।

उनले बलियो राष्ट्रिय शक्तिको निर्माण नेतृत्वको जग र स्पष्ट गन्तव्यमा आधारित भएरमात्र निर्माण हुने भन्दै त्यसले मात्र मुलुकको समस्या समाधान गर्न सक्ने भनाइ राखे । उनले एमालेसँग नीति, लक्ष्य र उद्देश्यमा प्रतिस्पर्धा गर्न अन्य राजनीतिक दललाई आह्वान गरे । महासचिव पोखरेलले मुलुकमा रहेको समस्या र चुनौतीलाई समाधान गर्नका लागि सञ्चारमाध्यमले पनि बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने प्रक्रियामा सहयोग गर्नुपर्ने धारणा राखे । उनले एमालेलाई बलियो राजनीतिक शक्ति निर्माणका लागि विभाजित भएका कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा आउन आह्वान गरे । उनले एकता र एकीकरणका लागि उदार नीति अवलम्बन गरिएको समेत स्पष्ट पारे ।

महासचिव पोखरेलले एमाले जनताको बहुदलीय जनवादको सैद्धान्तिक आधारमा स्वच्छ प्रतिस्पर्धा गर्ने लोकतान्त्रिक पार्टी भएकाले जनताले रुचाएको बताए । सोही अवसरमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीले पूर्ण स्वतन्त्रता सहितको लोकतन्त्रलाई विश्वास गर्ने भएकाले पार्टीका गतिविधिलाई सञ्चारमाध्यमबाट सार्वजनिक गर्ने बताए । सोही अवसरमा प्रचार विभागको जिम्मेवारी पाएका नेता गौतमलाई निवर्तमान प्रचार विभाग उपप्रमुख विष्णु रिजालले माइन्युट हस्तान्तरण गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता
रवि लामिछानेले पुनः लिए नेपाली नागरिकता
कमल थापा मकवानपुर-१ बाट चुनाव लड्ने
कमल थापा मकवानपुर-१ बाट चुनाव लड्ने
आज दिनभरि सिके राउत प्रहरीको निगरानी
आज दिनभरि सिके राउत प्रहरीको निगरानी
नेपालको ब्याटिङमै सधैँ समस्या, फेरि हार्यो यूएईसँग
नेपालको ब्याटिङमै सधैँ समस्या, फेरि हार्यो यूएईसँग
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
‘जेनजी’ आन्दोलनका मृतकका परिवारको जाहेरी प्रहरीले आयोगमा पठायो
‘जेनजी’ आन्दोलनका मृतकका परिवारको जाहेरी प्रहरीले आयोगमा पठायो
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
बेलायतमा जातीय हिंसाबाट सतर्क रहन एनआरएनए यूकेको अपिल
Informal Hookup Assessments – Which Casual Get together Reviews Happen to be Right For You?
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
पुष्पकमल दाहाल प्रचण्ड स्थानीय तह निर्वाचनमा परिचालित म्यादी प्रहरीलाई प्रदेश प्रहरीमा बदल्न तयार
भ्रमण वर्षको तयारी यसरी हुँदैछ
भ्रमण वर्षको तयारी यसरी हुँदैछ