मुस्ताङ जाँदा अबदेखि आफ्नै गाडीमा सरर…

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
५२ पटक हेरिएको
Shares
मुस्ताङ जाँदा अबदेखि आफ्नै गाडीमा सरर…

सारांश

  • काठमाडौं, २३ जेठ – संसारकै मनोरम ठाउँ मध्येको एक मुस्ताङ जाँदा अब आफ्नै गाडीमा जान पाइने भएको छ ।
  • त्यहाँ लगाइएको सिन्डिकेट हटाइएपछि कुनैपनि पर्यटकले आफ्नो गाडी लगेर जान पाउने भएका हुन् ।
  • बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड समेत खारेज भएको छ ।

काठमाडौं, २३ जेठ – संसारकै मनोरम ठाउँ मध्येको एक मुस्ताङ जाँदा अब आफ्नै गाडीमा जान पाइने भएको छ । त्यहाँ लगाइएको सिन्डिकेट हटाइएपछि कुनैपनि पर्यटकले आफ्नो गाडी लगेर जान पाउने भएका हुन् ।

बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड समेत खारेज भएको छ । मापदण्डका कारण देशका विभिन्न ठाउँबाट मुस्ताङ घुम्न जाँदा बस रिजर्भ गरेर जानुपर्ने वाध्यता थियो । मुस्ताङ पुग्ने पर्यटक तथा तीर्थयात्री आफूले ल्याएको गाडी बेनीमा छोडेर स्थानीय यातायात व्यवसायीको गाडी चढेर जान बाध्य थिए । अबदेखि त्यो बाध्यता हटेको छ ।

म्याग्दी जिल्ला प्रशासन कार्यालय र जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले पाँच वर्षदेखि लगाइएको सिन्डिकेट अर्थात मापदण्ड खारेज गर्दै नयाँ व्यवस्था गरेपछि पर्यटकका लागि सुविधा नभएको हो ।

विगतमा गरिएको २६ सिटसम्मको रुट इजाजत व्यवस्था खारेज गरी २७ फिटसम्म लम्बाइ भएका सवारीसाधनको रुट इजाजत प्रदान गर्न देशभरका यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने निर्णय भएको सिडिओ लिलाधर अधिकारीले बताए ।

२०७१ वैशाख ८ गते तत्कालीन यातायात व्यवस्थापन समिति धौलागिरिको बैठकले सडकको जोखिमपूर्ण अवस्थालाई आधार बनाउँदै २६ सिटभन्दा बढी क्षमताका यात्रुबाहक सवारीसाधनलाई सञ्चालन गर्न नदिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आङकाजीको चन्द्रागिरीमा यस्तो आतंक : पृथ्वीनारायण शाहको शालिक हटाउन माग
आङकाजीको चन्द्रागिरीमा यस्तो आतंक : पृथ्वीनारायण शाहको शालिक हटाउन माग
केन्द्रीय सदस्यहरुलाई फकाउँदै ओली, रात्रीभोजका लागि बोलाए
केन्द्रीय सदस्यहरुलाई फकाउँदै ओली, रात्रीभोजका लागि बोलाए
स्वच्छ वातावरणको अधिकार सुनिश्चित गराईनेः मुख्यमन्त्री मुख्यमन्त्री
स्वच्छ वातावरणको अधिकार सुनिश्चित गराईनेः मुख्यमन्त्री मुख्यमन्त्री
अचार बिक्रीबाट लाखौँ कमाउँदै बुद्धभूमिका महिला
अचार बिक्रीबाट लाखौँ कमाउँदै बुद्धभूमिका महिला
पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणबारे के भने प्रधानमन्त्री ओलीले ?
पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणबारे के भने प्रधानमन्त्री ओलीले ?
युरोपबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा
युरोपबाट अमेरिका यात्रा रोक्ने ट्रम्पको घोषणा
राजकुमारीले छोडे पछि कवि बने दुबईका शासक
राजकुमारीले छोडे पछि कवि बने दुबईका शासक
साफ यू-१९ च्याम्पियनसिप : नेपाललाई हराउँदै भारत फाइनलमा
साफ यू-१९ च्याम्पियनसिप : नेपाललाई हराउँदै भारत फाइनलमा
खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदैछ :  प्रधानमन्त्री दाहाल
खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदैछ : प्रधानमन्त्री दाहाल
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा
ग्राण्डीमा फेरि गडबडी : दुई ट्रक प्रहरी बोलाई रमेशलाई मृत घोषणा