पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणबारे के भने प्रधानमन्त्री ओलीले ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
५९ पटक हेरिएको
Shares
पूर्वप्रधानमन्त्रीहरुसँग भारत भ्रमणबारे के भने प्रधानमन्त्री ओलीले ?

सारांश

  • काठमाडौं, २१ चैत ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सदभावना भ्रमण भएको बताएका छन् ।
  • आज बिहान बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने समेत स्पष्ट पारे ।

काठमाडौं, २१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमण सदभावना भ्रमण भएको बताएका छन् ।

आज बिहान बालुवटारमा पूर्व प्रधानमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण देशको हितका लागि हुने समेत स्पष्ट पारे । “यसपालिको भ्रमणमा कुनै सन्धि सम्झौता हुँदैनन् । देशको अहितमा कुनै काम गरिदैन । विगतका सन्धि सम्झौता कार्यान्वयनमा जोड दिइने छ”, प्रधानमन्त्री ओलीले भने, “यस भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”

छलफलमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलाराज रेग्मीको उपस्थिति थियो । पूर्व प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीलाई भ्रमणको सफलताको शुभकामना दिएका थिए । नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन पहल गर्नुपर्ने धारणा पनि राखेका थिए । उनीहरुले पुरानो मानसिकता राखेर २१ औं शताब्दीको सम्बन्ध विकास गर्न नसकिने बताएका थिए ।

पूर्व प्रधानमन्त्री माधव नेपालले आफ्नो अडानमा स्थिर हुन प्रधानमन्त्री ओलीलाई सुझाव दिए । उनले नेपाल भारत सम्बन्ध “भाइ भाइको हैन मित्र÷मित्र जस्तो हुनुपर्ने” मा जोड दिएका थिए । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले संविधान निर्माण र नाकाबन्दीका बेला अफ्ठ्यारो भएको नेपाल भारत सम्बन्ध अहिले सुधार भएको बताए । प्रचण्डले भने, “भारतलाई हामीले संविधान कार्यान्वयनमा गइसक्यो खास समस्या छैन भनेर बुझाउनु पर्छ ।”

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल अहिले व्यापार घाटामा रहेकोले यसलाई उकास्ने विषयमा छलफल केन्द्रीत गर्नुपर्ने बताए । छलफलमा पराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, नेपाल भारत प्रवुद्ध व्यक्ति समूहको पनि प्रतिनिधित्व थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव
व्यापार सन्धिका प्रावधानहरुमा पुनरावलोकन गर्न नेपालका तर्फबाट संशोधन प्रस्ताव
प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहोरो झडप
प्रहरी र विप्लवका कार्यकर्ताबीच दोहोरो झडप
त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट ११ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
कतारमा कार्यरत बानियाँको पत्र नविना लामालाई भन्छन् म उहाँको डाई हट फ्यान ।
कतारमा कार्यरत बानियाँको पत्र नविना लामालाई भन्छन् म उहाँको डाई हट फ्यान ।
सीपी गजुरेलको आरोप : ‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
सीपी गजुरेलको आरोप : ‘बाँस्कोटाको अडियो प्रकरणमा प्रधानमन्त्रीको पनि कुनै न कुनै हात छ’
६५ प्रतिशत मत खस्यो, स्थानीय तहको भन्दा १० प्रतिशत कम
६५ प्रतिशत मत खस्यो, स्थानीय तहको भन्दा १० प्रतिशत कम
इन्फ्लुएन्जाका कारण विद्यालय एक हप्ता बन्द
इन्फ्लुएन्जाका कारण विद्यालय एक हप्ता बन्द
सुनौला हजार दिन संचार अभियानको सडक नाटक प्रर्दशन
सुनौला हजार दिन संचार अभियानको सडक नाटक प्रर्दशन
नेपाली रैथाने  मधेशीको हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने के पि ओली नै  हुन्-सन्जीव झा  ।
नेपाली रैथाने मधेशीको हकहित र अधिकारको रक्षाकोलागि लड्ने कोही छ भने के पि ओली नै हुन्-सन्जीव झा ।
केपी ओली र प्रचण्ड फेरि घरदैलो अभियानमा
केपी ओली र प्रचण्ड फेरि घरदैलो अभियानमा