मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
२४ पटक हेरिएको
Shares
मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा

सारांश

  • झापा ।
  • मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका एक सय ५९ बिरामीले चालु आर्थिक वर्षमा रु एक लाखका दरले उपचार सुविधा पाएका छन् ।
  • नगरपालिकाले क्यान्सर, मुटु, मिर्गाैला, मस्तिष्कघात लगायतका रोग लागेका बिरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरुले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन् ।

झापा । मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका एक सय ५९ बिरामीले चालु आर्थिक वर्षमा रु एक लाखका दरले उपचार सुविधा पाएका छन् ।

नगरपालिकाले क्यान्सर, मुटु, मिर्गाैला, मस्तिष्कघात लगायतका रोग लागेका बिरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरुले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन् ।

स्वास्थ्य शाखाले जनाएअनुसार क्यान्सरका ९०, मिर्गाैला प्रत्यारोपणका २८, मुटुका २२ र अन्य रोगका नौ जनाले सूचीकृत अस्पतालमा नगरपालिकाले उपचारका लागि सिफारिस गरेको छ ।

नेपाल सरकारले क्यान्सर, मुटु, मिर्गाैला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिकलाई उपचारमा सहयोग दिँदै आएको छ ।

सरकारले बिरामीलाई सिधै रकम दिँदैन । स्थानीय तहको स्वास्थ्य शाखाको सिफारिसका आधारमा सूचीकृत अस्पतालले बिरामीलाई उक्त रकम बराबरको उपचार सेवा तथा औषधि दिने गरेका छन् ।

यसैगरी पालिकाले नगर क्षेत्रका दुई सय एक बिरामीलाई रु पाँच हजारका दरले औषधि उपचार खर्च बापतको रकम वितरण गर्ने तयारी गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा नगरमा उपचार माग भएका दुई सय एक जनाको रु ८७ लाख २० हजार वितरण गर्ने तयारी गरिएको छ । सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक रुपमा रु पाँच हजारका दरले स्थानीय तहमार्फत औषधि उपचार खर्चको रकम उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?