प्रदेशसभा सचेतकको घरमा आक्रमण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ३१, २०७६
|
|
४० पटक हेरिएको
Shares
प्रदेशसभा सचेतकको घरमा आक्रमण

सारांश

  • बुटवल, ३१ साउन (रासस): प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति अज्ञात समूहले आक्रमण गरेको छ ।
  • प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उहाँ चढ्ने लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिनुभयो ।
  • राति करीब २ः३० बजेको समयमा मोटरसाइलमा आएको अज्ञात समूहले उक्त आक्रमण गरेको उहाँले बताउनुभयो ।

बुटवल, ३१ साउन (रासस): प्रदेश नं ५ प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा गए राति अज्ञात समूहले आक्रमण गरेको छ ।

प्रमुख सचेतक ढकालको घरमा अज्ञात समूहले तीनवटा सिसामा मट्टितेल भरेर प्रहार गरेको र त्यसबाट उहाँ चढ्ने लु१प ४५६ नंको सरकारी गाडीको पछाडिको भाग जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक रविनराज मैनालीले जानकारी दिनुभयो । राति करीब २ः३० बजेको समयमा मोटरसाइलमा आएको अज्ञात समूहले उक्त आक्रमण गरेको उहाँले बताउनुभयो ।

नेता ढकाल गम्भीर बिरामी भई केही दिनदेखि काठमाडौँस्थित मेडिसिटी अस्पताल भर्ना हुनुभएको छ । सैनामैना–८ रामापुर कलौनीस्थित ढकालको घरमा पत्नी, बुबा–आमालगायत हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले नेता ढकालको घरमा राति अज्ञात समूहले आक्रमण गरेको जानकारी दिनुभयो । अन्य विवरण आउन बाँकी रहेको प्रवक्ता भण्डारीले बताउनुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय
उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना  स्थगित;
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना स्थगित;
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
‘स्वच्छ जिल्ला’ बनाउने बहस शुरु
‘स्वच्छ जिल्ला’ बनाउने बहस शुरु
किन मानेनन् प्रम ओलीले विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्त गर्न ?
किन मानेनन् प्रम ओलीले विद्युत प्राधिकरणमा कुलमानलाई पुनःनियुक्त गर्न ?
अभिनेता सारुकको मृत्यु शंकास्पद, न्याय माग्दै परिवार
अभिनेता सारुकको मृत्यु शंकास्पद, न्याय माग्दै परिवार
‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’
‘हवाई टिकटमा भ्याट लगाउने नीतिले पर्यटन व्यवसायी मारमा’
३३ किलाे सुन प्रकरणका एसएसपी खत्रीले गरे आत्मसर्मपण !
३३ किलाे सुन प्रकरणका एसएसपी खत्रीले गरे आत्मसर्मपण !
आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन
आज सगरमाथाको चुचुरोमा मानव पाइला राखेको दिन
२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल
२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल