दुई अर्ब ७२ करोड कर छलेको आरोपमा व्यापारी गुप्ताविरुद्ध मुद्दा
सारांश
- काठमाडौं, १ भदौ ।
- राज्यलाई अरबौं कर छलेको आरोपमा एक ठूला व्यापारीविरुद्ध मुद्दा दायर भएको छ ।
- भारतीय व्यापारी विनोद गुप्ताविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
काठमाडौं, १ भदौ । राज्यलाई अरबौं कर छलेको आरोपमा एक ठूला व्यापारीविरुद्ध मुद्दा दायर भएको छ । भारतीय व्यापारी विनोद गुप्ताविरुद्ध राजश्व अनुसन्धान विभागले शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
गुप्ताविरुद्ध २ अर्ब ७२ करोड रुपैयाँ कर छलीको अभियोग लगाइएको छ । बिगो र जरिवानाको मागदाबीका आधारमा राजश्व अनुसन्धानले चलाएको यो अहिलेसम्मकै ठूलो मुद्दा मानिएको छ । गुप्ताले श्रीमतीको नाममा कम्पनी खोलेर कारोबार गर्दै आएका थिए । हिमालय कार्गोका सञ्चालक गुप्तालाई गत महिना विभागले पक्राउ गरेको हो ।
अनुसन्धान पूरा गरी मुद्दा दायर
नेपालगञ्ज भन्सार कार्यालयबाट भएको पाउडर दूध तस्करीको अनुसन्धानका क्रममा गुप्तालाई विभागले पक्राउ गरेको थियो । अनुसन्धान गर्दा गुप्ताले २ अर्ब भन्दा धेरै राजश्व छलेको खुलेको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
गुप्ता नक्कली कागजपत्रका आधारमा तस्करी गर्ने गिरोहका नाइके भएको मैनालीको दावी छ । प्रहरीले गुप्ताको कार्यालयका मेनेजर अशोक द्विवेद्वीलाई समेत पक्राउ गरी मुद्दा दायर गरेको छ । अरबौं कारोबार गर्ने गुप्ताले नक्कली प्रज्ञापनपत्र र भ्याट बिल बनाउने गर्दथे । गुप्ताको बैंक खातामा मात्र विभागले १५ करोड रुपैयाँ फेला पारेको छ । त्यस्तै सतंगुलमा करीब ८ रोपनी जग्गा छ । पछिल्लो दुई वर्षयता उनले राज्यलाई १ रुपैयाँ पनि कर नतिरेको बताइएको छ । आर्थिक वर्ष २०७२–०७३ मा जम्मा ५ हजार रुपैयाँ कर तिरेका थिए ।
Ganesh Shakya
Byaaparile kar chhalchha, sambadhit nikaye ka bekti le bachauchh, commission khanchha, yo ta parampara nai ho ni. Ki kaso?