रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
४२ पटक हेरिएको
Shares
रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक

सारांश

  • रसुवा, १२ साउन, टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ ।
  • सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्गअन्तर्गत टिमुरे– घट्टेखोला सडकखण्ड घट्टेखोलामा रहेको पक्की पुलको टेको ठाडो खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बगाएर क्षति पु¥याएकाले जोखिम न्यूनीकरण गर्न मालवाहक ठूला सवारीसाधन आवातजावतमा शुक्रबार अपराह्नदेखि रोक लगाइएको हो ।
  • हल्का सवारीसाधनलाई भने आवातजावतमा खुला गरिएको बताइएको छ ।

रसुवा, १२ साउन, टिमुरे घट्टेखोलाको पक्की पुलमा जोखिम बढेपछि ठूला सवारीसाधन आवातजावतमा रोक लगाइएको छ ।

सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार रसुवागढी–गल्छी राजमार्गअन्तर्गत टिमुरे– घट्टेखोला सडकखण्ड घट्टेखोलामा रहेको पक्की पुलको टेको ठाडो खोलामा वर्षाको कारण पानीको बहाव बढ्न गई बगाएर क्षति पु¥याएकाले जोखिम न्यूनीकरण गर्न मालवाहक ठूला सवारीसाधन आवातजावतमा शुक्रबार अपराह्नदेखि रोक लगाइएको हो ।
हल्का सवारीसाधनलाई भने आवातजावतमा खुला गरिएको बताइएको छ । दैनिक रु एक करोडभन्दा बढी राजश्व आर्जन हुने नेपालको उत्तरी नाकाबाट सामानआयात निर्यात गराउने पुल जोखिममा परेपछि केरुङतर्फ गएका सयाँै ट्रक कन्टेनर केरुङमा अलपत्र परेका छन् । चर्को पार्किङ शुल्कले व्यवसायीलाई मर्का परेको कन्टेनर संघले जनाएको छ । दायाँबायाँबाट वैकल्पिक सडक खोल्ने स्थानसमेत नभएको प्रहरीले जनाएको छ ।

यस्तै बुधबार गएको पहिराले अवरुद्ध टिमुरे नजीकको राजमार्ग भने शुक्रबारदेखि सञ्चालनमा आएको सीमा प्रहरी चौकी टिमुरेले जनाएको छ । यसैगरी पहिरामा परी मृत्यु हुनेको दाहसंस्कारका लागि नौवटै शव आफन्तजनलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङले बताउनुभयो । स्याफ्रु–रसुवागढी खण्डको सडकमा मोटर विश्राम नगर्न अगुवा सवारी चालकले सुझावसमेत दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रियंका र निककाे विवाह मण्डपमा हेलिप्याड, यसरी गर्दैछन् विवाह
प्रियंका र निककाे विवाह मण्डपमा हेलिप्याड, यसरी गर्दैछन् विवाह
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
विश्वभर कोरोना प्रकोपः आइतबारमात्रै ९७ जनाको मृत्यु, ४० हजारबढी संक्रमित
ओली र प्रचण्ड फसादमा! आफ्ना नेताहरुलाई नयाँ पार्टीमा पद मिलाउन हम्मे
बिद्युत प्राधिकरणले अघि बढायो सवैभन्दा ठुलो सौर्य परियोजना
बिद्युत प्राधिकरणले अघि बढायो सवैभन्दा ठुलो सौर्य परियोजना
साउन २८ गते मंगलबारको राशिफल यस्तो छ
उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत
उम्मेदवार चयनमा रुपन्देहीः गठबन्धनमा चरम असन्तुष्टि, एमाले उम्मेदवार सर्वसम्मत
यातायात सिन्डिकेटबाट वार्षिक १ अर्ब देशलाई घाटा
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
साहुको रिसले छोरा मारेर प्रहरीसँगै आफैले बालक खोजेजस्तो गर्दै सघाएपछि…
यातायात कसैले ठप्प पार्न सक्दैन : गृहमन्त्री थापा
यातायात कसैले ठप्प पार्न सक्दैन : गृहमन्त्री थापा
बुद्ध जस्तो शान्त र सोझो मेयरको यस्तो हर्कत !
बुद्ध जस्तो शान्त र सोझो मेयरको यस्तो हर्कत !