दुषित पानीका कारण गाउँका सबै झाडापखालाबाट बिरामी

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
१६ पटक हेरिएको
Shares

सारांश

  • दाङ, १३ जेठ- दाङको शान्तिनगर पातेटाकुरा गाउँका बासिन्दा झाडापखालाका कारण बिरामी परेका छन् ।
  • पानीको मुहान नै दुषित भएकापछि शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ का ३ सय ५० भन्दा बढी बिरामी परेका हुन्।
  • प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार झाडापखालाका कारण गाउँलेहरु बिरामी भएको खबर पाएलगतै औषधिसहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ ।

दाङ, १३ जेठ- दाङको शान्तिनगर पातेटाकुरा गाउँका बासिन्दा झाडापखालाका कारण बिरामी परेका छन् । पानीको मुहान नै दुषित भएकापछि शान्तिनगर गाउँपालिका वडा नं ३ र ४ का ३ सय ५० भन्दा बढी बिरामी परेका हुन्।

प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार झाडापखालाका कारण गाउँलेहरु बिरामी भएको खबर पाएलगतै औषधिसहित स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको छ । स्वास्थ्यकर्मीको टोलीले गाउँमै बिरामीको उपचार गरिरहेको बताइएको छ ।

झाडापखालाका गम्भीर बिरामी परेका कतिपय बिरामीलाई थप उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?