मोटरपुल सञ्चालनमा आएपछि स्थानीय खुशी

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
२९ पटक हेरिएको
Shares
मोटरपुल सञ्चालनमा आएपछि स्थानीय खुशी

सारांश

  •   अछाम, १० असार ।
  • अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जोडने कैलाश नदीको सेरी मोटरपुल औपचारिकरुपमा सञ्चालनमा आएको छ ।
  • तत्कालीन जिल्ला विकास समितिमार्फत निर्माण सम्पन्न भएको तर सञ्चालनमा आउन नसकेको पुलको अधुरो काम स्थानीय तहले सम्पन्न गरेसँगै सञ्चालनमा आएको हो ।

 

अछाम, १० असार । अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जोडने कैलाश नदीको सेरी मोटरपुल औपचारिकरुपमा सञ्चालनमा आएको छ ।

तत्कालीन जिल्ला विकास समितिमार्फत निर्माण सम्पन्न भएको तर सञ्चालनमा आउन नसकेको पुलको अधुरो काम स्थानीय तहले सम्पन्न गरेसँगै सञ्चालनमा आएको हो ।

पुल सञ्चालनमा आएपछि स्थानीयवासीले हर्षबढाइसँगै खुशियाली मनाएका छन् भने पुलको औपचारिक उद्घाटन पनि गरिएको छ । ४५ मिटर लामो पुल निर्माण सकिएको तीन वर्षपछि पुलको वारीपारी छेउमा रहेको सडक तथा पुलको पखेटा निर्माण भएपछि पुल सञ्चालनमा आएको र स्थानीय नागरिकलाई खुशीको अनुभूति भएको स्थानीय चन्द्र भण्डारीले बताउनुभयो ।

यसअघि पुल हेर्नलाई पनि सिढी चढ्नुपर्ने अवस्था रहेको थियो । पुल सञ्चालनमा ल्याउनका लागि रामारोशन गाउँपालिकाले रु १० लाख, मंगलसेन नगरपालिकाले रु १० लाख र बान्नीगढी जयगढ गाउँपालिकाले रु पाँच लाख तथा जिल्ला समन्वय समितिले रु २० लाख गरी रु ४५ लाख लगानी गरेको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भास्करले बताउनुभयो ।

यसअघि तत्कालीन जिल्ला विकास समितिमार्फत पुल निर्माणका लागि रु दुई करोड ८९ लाख खर्च भएको थियो । पुल सञ्चालनमा आएसंगै रामारोशन क्षेत्रका २० औँ हजार नागरिक र मंगलसेन तथा बान्नीगढीका स्थानीय तथा रामारोशन घुम्न आउने पर्यटकलाई समेत निकै सहज भएको छ ।

पुल नहुदा वर्षायाममा ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने अवस्था अन्त्य भएको र उपभोग्य सामानको ढुवानीमा पनि निकै सहज हुने स्थानीय दिनेशप्रसाद रेग्मीले बताउनुभयो ।
अब पर्यटकीय क्षेत्र रामारोशन जाने सडकको स्तरोन्नतिका लागि जोड दिइने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लिफ्टबाट पानी पुग्दा खुशीयाली
लिफ्टबाट पानी पुग्दा खुशीयाली
‘देवता र परमेश्वरी’को आदेशपछि अस्पताल
‘देवता र परमेश्वरी’को आदेशपछि अस्पताल
दोस्रो फान अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, २० विधामा छक्कापञ्जा
दोस्रो फान अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, २० विधामा छक्कापञ्जा
सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित भयाे: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा
सूचना प्रविधिको पहुँच शहर र सुविधायुक्त क्षेत्रमा मात्र केन्द्रित भयाे: सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटा
सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : सभा सञ्चालनमा मेरो सहयोग रहन्छ
सभामुखलाई बधाई दिँदै प्रधानमन्त्रीले भने : सभा सञ्चालनमा मेरो सहयोग रहन्छ
निर्मला हत्याकान्डः हत्या स्वीकारेका प्रदीप र विशालको डिएनए रिपोर्ट नेगेटिभ
विद्युत् चोरीमा संलग्न आठ पक्राउ
विद्युत् चोरीमा संलग्न आठ पक्राउ
नेपालकै होचो गाउँपालिकाका उम्मेदवारको अग्लो एजेन्डा
नेपालकै होचो गाउँपालिकाका उम्मेदवारको अग्लो एजेन्डा
थाहा पाउनुस प्रधानसेनापति थापाको सम्पत्ति कति छ ?
थाहा पाउनुस प्रधानसेनापति थापाको सम्पत्ति कति छ ?
निष्पक्षता, पारदर्शिता र गुणस्तरीयतामा सधैँ ध्यान दिनुस्: राष्ट्रपति भण्डारी

तपाईंले छुटाउनुभयो कि?