काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
४० पटक हेरिएको
Shares
काँग्रेस उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा विप्लवको नियन्त्रणमा

सारांश

  • नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली काँग्रेसका उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा नियन्त्रणमा लिएको घोषणा गरेको छ ।
  • काँग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिं बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले विज्ञप्तिमार्फत घोषणा गरेको हो ।
  • लामीडाँडा गाउँपालिका–२ खार्पा घर भएका उम्मेदवार पोखरेलले गुण्डा र पैसाको बलमा चुनाव जित्ने प्रयत्न गरेको तथा नगर प्रमुख राईले चुनाव जितेर देश लुट्न लागिपरेकाले घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाली काँग्रेसका उम्मेदवार र नगर प्रमुखसहित चारजनाको घरजग्गा नियन्त्रणमा लिएको घोषणा गरेको छ ।

काँग्रेसबाट प्रदेशसभा १ का उम्मेदवार सुवासकुमार पोखरेल, हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राई, राप्रपाका जिल्ला सदस्य चन्द्रसिं बस्नेत र बस्नेतका छोरा गिरिराज बस्नेतको घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिएको नेकपाले विज्ञप्तिमार्फत घोषणा गरेको हो ।

लामीडाँडा गाउँपालिका–२ खार्पा घर भएका उम्मेदवार पोखरेलले गुण्डा र पैसाको बलमा चुनाव जित्ने प्रयत्न गरेको तथा नगर प्रमुख राईले चुनाव जितेर देश लुट्न लागिपरेकाले घरजग्गा तथा सम्पत्ति नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ । यस्तै, बस्नेत परिवारले स्थानीयवासी सोझासाझा जनतालाई शोषण तथा दमनमा पारेर शासन गरेकाले नियन्त्रणमा लिइएको पनि उल्लेख गरिएको छ ।

नियन्त्रित घरजग्गा तथा उनीहरुको चलअचल सम्पत्ति स्थानीय जनताले उपभोग गर्ने उनीहरुको घरघरमा टाँसिएको विज्ञप्तिमा उल्लेख छ । नगर प्रमुख राईको घरमा शनिबार राति विज्ञप्ति टाँस्नुका साथै आँगनमा पार्टीको झण्डा गाडेको तथा अन्यको विभिन्न समयमा विज्ञप्ति टाँसेको पाइएको छ

हलेसी तुवाचुङ नगरपालिकाको पहिलो नगरसभाबाट आधा बजेट आफूहरुलाई विनियोजन गर्न उक्त पार्टीले माग गर्दै आएको थियो । “उनीहरुले हाम्रो पनि समानान्तर सरकार छ भन्थे ।” नगर प्रमुख राईले भन्नुभयो, “आधा कार्यक्रम हामी सञ्चालन गर्छाैं भन्दै पटक–पटक बजेट माग ग¥यो ।”

विप्लव कार्यकर्ताको पटक–पटकको धम्कीपछि खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारी र प्रहरी नायब उपरीक्षक लोकदर्शन थापालाई समेत जानकारी गराइएको नगर प्रमुख राईले बताउनुभयो । जिल्लामा उक्त पार्टीको गतिविधिका विषयमा गम्भीर भएर अनुसन्धान थालिएको प्रनाउ थापाले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाको भातृसंगठन एकीकरण अब कहिले !
नेकपाको भातृसंगठन एकीकरण अब कहिले !
मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ-सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन
मन्त्रिपरिषदमा प्रधानमन्त्रीको ब्रिफिङ-सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन
कति लामो समय टिक्छ तपाईँको यौन सम्पर्क ?
कति लामो समय टिक्छ तपाईँको यौन सम्पर्क ?
सीमा बस्तीका स्थानीयको दुखेसो- ‘हात्तीबाट जोगिन गाह्रो भयो’
सीमा बस्तीका स्थानीयको दुखेसो- ‘हात्तीबाट जोगिन गाह्रो भयो’
धरानमा पत्रकार राईलाई कसले गर्यो रामधुलाई ?
धरानमा पत्रकार राईलाई कसले गर्यो रामधुलाई ?
काठमाडौं-६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता
काठमाडौं-६ मा स्वतन्त्र पार्टीका शिशिर खनालको अग्रता
आसामको राजधानी गुहाटीमा पनि निल डेभिड युनिसेक्स सैलुन
आसामको राजधानी गुहाटीमा पनि निल डेभिड युनिसेक्स सैलुन
ओम अस्पतालको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन
ओम अस्पतालको सञ्चालक समितिको अध्यक्षमा उद्धव पौडेल सर्वसम्मत चयन
नयाँ शक्तिले भन्यो–विप्लव समूह माथिको प्रतिबन्ध अनुचित
नयाँ शक्तिले भन्यो–विप्लव समूह माथिको प्रतिबन्ध अनुचित
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक
आजदेखि इम्बोसड प्रणाली शुरु: सरकारीमा अनिवार्य, निजीलाई स्वेच्छिक

तपाईंले छुटाउनुभयो कि?