दश दिन नपुग्दै ट्रम्पका सञ्चार प्रमुख एन्टनी स्कारामुची बरखास्त

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
१७ पटक हेरिएको
Shares
दश दिन नपुग्दै ट्रम्पका सञ्चार प्रमुख एन्टनी स्कारामुची बरखास्त

सारांश

  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नियुक्ति दिएको दश दिन नपुग्दै आफ्ना सञ्चार निर्देशक एन्टनी स्कारामुचीलाई बरखास्त गरेपछि ह्वाइट हाउसमा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ।
  • ह्वाइट हाउसका अधिकारीहरुले स्कारामुचीले हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा राखेका धारणाहरु राष्ट्रपति ट्रम्पलाई अनुपयुक्त लागेको जनाएका छन्।
  • एक जना धनी वित्तीय लगानीकर्ता रहेका स्कारामुचीले केही दिन पहिले पदबाट हटाइएका चिफ अफ स्टाफ राइन्स प्रिबसविरुद्ध अशिष्ट भाषामा आक्रोश पोखेका थिए।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नियुक्ति दिएको दश दिन नपुग्दै आफ्ना सञ्चार निर्देशक एन्टनी स्कारामुचीलाई बरखास्त गरेपछि ह्वाइट हाउसमा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ।

ह्वाइट हाउसका अधिकारीहरुले स्कारामुचीले हालै एक पत्रिकालाई दिएको अन्तर्वार्तामा राखेका धारणाहरु राष्ट्रपति ट्रम्पलाई अनुपयुक्त लागेको जनाएका छन्।

एक जना धनी वित्तीय लगानीकर्ता रहेका स्कारामुचीले केही दिन पहिले पदबाट हटाइएका चिफ अफ स्टाफ राइन्स प्रिबसविरुद्ध अशिष्ट भाषामा आक्रोश पोखेका थिए।

ह्वाइट हाउसकी प्रेस सचिव सारा हकाबी-स्यानडर्सले अब राष्ट्रपति कार्यालयका सबै कर्मचारीले नयाँ चिफ अफ स्टाफ जन केलीलाई सिधै प्रतिवेदन बुझाउनुपर्ने बताइन्।

निर्णय
राष्ट्रपति ट्रम्पले चाहिँ उनको विचारमा “ह्वाइट हाउसका लागि एउटा महत्वपूर्ण दिन” भएको समाजिक सञ्जाल ट्विटरमा लेखेका छन्।

वासिङटनबाट बीबीसी संवाददाता एन्टनी जर्कर भन्छन् ह्वाइट हाउसका कर्मचारीहरुको कार्यकाल साधारणतया छोटो हुने गर्छ।

१० दिनअघि मात्रै न्युयोर्कबाट द्रुत गतिमा ह्वाइट हाउस प्रवेश गरेका स्कारामुची र राष्ट्रपति ट्रम्प दुवैमा स्थापित मान्यताहरु नरुचाउने प्रवृत्ति रहँदै आएको छ।

उनको कार्यकाल एकदमै छोटो भएपनि अवरोधहरु खडा गरेर कतिपय मान्यता भत्काउन उनी सफल भएको देखिन्छ।

जस्तो कि स्कारामुचीलाई नयाँ शिराबाट काम गर्न सहयोग पुगोस भनेर ह्वाइट हाउसका प्रेस सचिव सन स्पाइसरले पदबाट राजीनामा दिए।

त्यसपछि अशिष्ट भाषा प्रयोग गर्दै उनी ह्वाइट हाउसका प्रमुख कर्मचारी राइन्स प्रिबसको पछि लागे जसलाई शुक्रबार अचानक पदबाट हटाइयो।

अब स्कारामुचीको आफ्नै तख्ता पल्टिएको छ।

योजना
यदी साँच्चै प्रिबसको ठाउँमा नियुक्ति पाएका ह्वाइट हाउसका चिफ अफ स्टाफ जन केलीले स्कारामुचीको बहिर्गमनको योजना बनाएका हुन् भने भद्रगोल देखिएको ह्वाइट हाउसमा तत्कालै यी पूर्व सैनिक अधिकारीले आफ्नो नियन्त्रण कायम गर्न खोजेको प्रष्ट बुझिनेछ।

सम्भवत: यो ह्वाइट हाउसको अस्तव्यस्ता अन्त्य हुन लागेको पहिलो संकेत पनि हुनसक्छ।
औपचारिक रुपमा स्कारामुचीले अगष्ट १५ बाट काम थाल्ने भनिएको थियो।

उनको बरखासीको निर्णयले छोटो समयका लागि राष्ट्रपति ट्रम्पलाई लाजमर्दो अवस्थामा पुर्याएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?