भारतले दियो पुनर्निर्माणमा २ अर्ब अनुदान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
२६ पटक हेरिएको
Shares
भारतले दियो पुनर्निर्माणमा २ अर्ब अनुदान

सारांश

  • काठमाडौं, ११ साउन ।
  • भारत सरकारले पुनर्निर्माणका लागि घोषणा गरेको सहयोगको पहिलो किस्ता नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
  • पहिलो किस्तबापत भारतले २ अर्ब १० करोड ४३ लाख रुपैयाँ हस्तातरण गरेको हो ।

काठमाडौं, ११ साउन । भारत सरकारले पुनर्निर्माणका लागि घोषणा गरेको सहयोगको पहिलो किस्ता नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । पहिलो किस्तबापत भारतले २ अर्ब १० करोड ४३ लाख रुपैयाँ हस्तातरण गरेको हो । शुक्रबार भारतीय राजदुत मञ्जिव सिंह पुरीले पहिलो किस्ताको बराबरको चेक अर्थसचिव राजन खनाललाई हस्तान्तरण गरे । भारतले दिने २५ अर्बको अनुदानको पहिलो किस्तामा यो रकम नेपाललाई प्राप्त भएको अर्थमन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले जानकारी दिए ।

भारतले भूकम्पपछि आयोजना गरिएको दाता सम्मेलनमा १ खर्ब रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको थियो । त्यसमा ७५ अर्ब सहुलियत ब्याजदरको ऋण र २५ अर्ब अनुदानको हिस्सा हुने भनिएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २५ अर्ब अनुदानमध्ये पहिलो किस्तामा ४ अर्ब उपलब्ध गराउन आग्रह गरेको  थियो । तर भारतले हाल २ अर्ब १० करोड मात्रै दिएको छ । भूकम्प गएको ३ वर्षपछि भारतले पहिलो किस्ताको रकम दिएको हो ।

नुवाकाेट र गोरखामा व्यक्तिगत आवास निर्माण प्रयोजनमा भारतले दिएको रकम खर्च गरिने सहसचिव आचार्यले बताए ।भारतले पुनर्निर्माणका लागि ७५ अर्ब रुपैयाँ सहुलियत ऋण दिने पनि भनेको छ । समान्यतया एक्जिम बैंकले गर्ने लगानीमा हुने शर्तहरु नै पुनर्निर्माणका लागि पनि राखिएका छन् । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पपछि काठमाडौंमा भएको दाता सम्मेलनमा भारतले १ खर्ब दिने बाचा गरेको थियो । त्यसमध्ये ७५ अर्ब ऋण आयात(निर्यात ९एक्जिम० बैंकमार्फत लिन नेपाल सरकारलाई आग्रह गरेको छ ।

भारतीय सरकारको जमानीमा एक्जिम बैंकले नेपाललाई वाषिर्क १ प्रतिशत ब्याजदरमा ऋण दिने छ ।
भारतले आफूले दिन लागेको सहुलियत ऋण ठूला पुनर्निर्माण परियोजनामा खर्च गर्न प्रस्ताव गरेको छ । सहुलियत ऋणबाट ललितपुरको पुरातात्विक हरिहर भवन पुनर्निर्माण गर्ने पुनर्निर्माण प्राधिकरणको प्रस्ताव छ । यसका साथै भारतको ऋण लगानीमा विश्वविद्यालयका भवन, केही सरकारी भवन र पुरातात्विक सम्पदा पुनर्निर्माण गर्ने योजना छ । अन्य विभिन्न परियोजना पनि प्रस्तावित सूचीमा छन् ।
भारतले भने पशुपतिनाथका साथै अन्य पुरातात्विक सम्पदा पुनर्निर्माणमा चासो देखाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    कृष्ण राउत निर्दोस

    Not to bad news

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?