मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लाउनु पर्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ ५, २०७६
|
|
६१ पटक हेरिएको
Shares
मोटरसाइकलमा पछाडि बस्नेले पनि हेलमेट लाउनु पर्ने

सारांश

  • दुई पाग्रे सवारीसाधान मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने भएको छ ।
  • महानगरीय ट्राफिक महाशाखाले दुर्घटना न्यूनिकरणका लागि नयाँ नियम प्रस्ताव गरेको हो ।
  • ‘अब नयाँ सवारी ऐन आउँदैछ ।

दुई पाग्रे सवारीसाधान मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखाले दुर्घटना न्यूनिकरणका लागि नयाँ नियम प्रस्ताव गरेको हो । ‘अब नयाँ सवारी ऐन आउँदैछ । त्यसमा यो प्रावधान राख्न लागिएको हो’, महाशाखा प्रमुख एसएसपी वसन्तकुमार पन्तले भनेका छन् । उनका अनुसार हेलमेट आईएसओ मान्यता प्राप्त मात्र प्रयोग गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

पछिल्लो समय दुई पांग्रे सवारीका कारण दुर्घटनाको हुने क्रम बढेको ट्राफिक प्रहरीले जनाएको छ । महाशाखाले यातायात व्यवस्था ऐनमा संशोधन गरी हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गर्न यातायात व्यवस्था विभागमा अनुरोध गरेको छ ।

डा. उपेन्द्र देवकोटाले स्वास्थ्यमन्त्री भएको बेला मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्ने नियम ल्याएका थिए । तर, त्यसले नियमितता पाउन सकेन ।

हेल्टेम लगाएर पछाडि बस्ने व्यक्ति अपराधका घटनामा संलग्न भएको भन्दै यो व्यवस्था हटाइयो । केही वर्ष पहिला पनि ट्राफिक प्रहरीले मोटरसाइकलमा सवार दुवै जनाले हेल्मेट लगाउनुपर्ने बताएको थियो तर, यसले निरन्तरता पाएन ।
मोटरसाइकलको पछाडि बस्ने मानिस दुर्घटना हुनासाथ हुत्तिने भएकाले उच्च जोखिममा हुन्छ । हेलमेटको मापदण्डको कानुन आएपछि डबल हेल्मेट लगाउनुपर्ने नियमलाई पनि अनिवार्य रुपमा लागू गराउने एसएसपी पन्त बताउँछन् ।

ट्राफिक प्रहरीले कारबाहीमा परेका व्यक्तिको सहजताका लागि अनलाइन पेमेन्ट सेवा पनि सुरु गर्दैछ । ‘हामीले सडकमै रसिद काट्न मिल्ने गरिको सिस्टम बनाइरहेका छौं । यसबाट मोबाइलबाटै जरिवाना तिर्न सकिनेछ’ उनले भने ।

(https://winandoffice.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
भारतको बल मिच्याइ र मिडियाहरुको नेपाल माथीको रोइलो
दिल्लीका नौ ठाउँमा हमलाको चेतावनी
दिल्लीका नौ ठाउँमा हमलाको चेतावनी
Fast-track on track, says Nepalese Army
Fast-track on track, says Nepalese Army
समाचार लेखेकै आधारमा पत्रकार राजु बस्नेत घरैबाट पक्राउ
समाचार लेखेकै आधारमा पत्रकार राजु बस्नेत घरैबाट पक्राउ
प्रदेश २ देशकै लाइफलाइन : महानिरीक्षक खनाल
प्रदेश २ देशकै लाइफलाइन : महानिरीक्षक खनाल
भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ
भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ
कञ्चनपुरमा छाडा चौपायालाई रिफ्लेक्टिङ बेल्ट, सडक दुर्घटना न्यूनीकरण अभियान सुरु
कञ्चनपुरमा छाडा चौपायालाई रिफ्लेक्टिङ बेल्ट, सडक दुर्घटना न्यूनीकरण अभियान सुरु
आगामी जेठभित्र नारायणगढ–मुग्लिन सडक खण्डको काम पूरा हुन्छ : मन्त्री महासेठ
आगामी जेठभित्र नारायणगढ–मुग्लिन सडक खण्डको काम पूरा हुन्छ : मन्त्री महासेठ
सासंदलाई निलम्बन गर्ने कुरामा माओवादी र कांग्रेस सहमत भएनन : संयोजक पोखरेल
सासंदलाई निलम्बन गर्ने कुरामा माओवादी र कांग्रेस सहमत भएनन : संयोजक पोखरेल