मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ९, २०७५
|
|
१९ पटक हेरिएको
Shares
मोटरसाइकल ट्रकसँग ठोकिँदा एकको मृत्यु

सारांश

  • कास्की।
  • पोखरा महानगरपालिका–२५ हेम्जास्थित हनुमानचोकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोकिँदा आज एक जनाको मृत्यु गएको छ ।
  • घटनामा अर्र्का एक घाइते भएका छन् ।

कास्की। पोखरा महानगरपालिका–२५ हेम्जास्थित हनुमानचोकमा रोकी राखेको ट्रकसँग मोटरसाइकल ठोकिँदा आज एक जनाको मृत्यु गएको छ । घटनामा अर्र्का एक घाइते भएका छन् । मृत्यु हुनेमा हेम्जा निवासी १८ वर्षीय आशिष कुँवर हुन् ।

दुर्घटनामा गम्भीर घाइते कुँवरको उपचारार्थ अस्पताल लाँदै गर्दा ज्यान गएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक दीपक थापाले बताउनुभयो ।मोटरसाइकल पछाडि बसेका वर्ष १८ का प्रविण पुनको उपचार भइरहेको प्रहरीको भनाइ थियो ।

पोखरा–१ सिम्पानीस्थित करुणानिधी माविमा कक्षा १२ मा अध्ययन गर्ने दुवै जना बिहान ६ बजे क्याम्पस जाँदै गर्दा उनीहरु चढेको ग १४ प ८१५१ नं को मोटरसाइकल सडकको छेउमा एक्साभेटर बोकेर रोकी राखेको ना १ क ७१६४ नं को ट्रकसँग ठोक्किएको थियो । दुर्घटना लगत्तै स्थानीयले उनीहरुलाई अस्पताल पु¥याएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?