विपन्नलाई राहत वितरण

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
विपन्नलाई राहत वितरण

सारांश

  • राजविराज, २४ भदौ ।
  • विपन्न तथा अपाङ्गता भएका व्यक्तिलाई धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ ।
  • सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका अतिविपन्न तथा अपाङ्गता भएका दिलीपकुमार मण्डललाई सो राहत प्रदान गरिएको हो ।

राजविराज, २४ भदौ । विपन्न तथा अपाङ्गता भएका व्यक्तिलाई धर्मी हल्फा महिला विकास क्लबले राहत प्रदान गरेको छ ।सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोका अतिविपन्न तथा अपाङ्गता भएका दिलीपकुमार मण्डललाई सो राहत प्रदान गरिएको हो । सगरमाथा अपाङ्ग कल्याण सङ्घ सप्तरी, समावेशी अपाङ्गता सङ्घ सप्तरी र गाउँपालिकाको सिफारिशमा मण्डललाई राहतस्वरुप शनिबार त्रिपाल, धोती, साडी, झुल, तन्ना, भाडाकुँडालगायतका सामग्री प्रदान गरिएको क्लबका अध्यक्ष इ। सूर्यनारायण यादवले बताउनुभयो ।

मण्डल वर्षाको पानीले घर भत्केर विचल्लीमा परेका थिए । सो राहत प्रदान गर्ने क्रममा गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, सगरमाथा अपाङ्ग कल्याण सङ्घका अध्यक्ष बलदेव मण्डल, कोषाध्यक्ष रामचन्द्र यादव, सदस्य वीरेन्द्र चौधरी, समाबेँसी अपाङ्गता सङ्घका अध्यक्ष सतिष झा र स्थानीयको सहभागिता रहेको थियो ।यस्तै, राष्ट्रिय शिक्षा दिवसको अवसरमा राजविराज नगरपालिका–१ चनौरा पडरिया मदर्सा आसिनियाँ दारुल उलुमद्वारा आयोजित कार्यक्रममा मुस्लिम अगुवा तथा समाजसेवीलाई सम्मान गरिएको छ ।

मदर्साका अध्यक्ष हाजी आसिन मियाँले २ नम्बर प्रदेशका प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव तथा मुस्लिम अगुवा युसुफ अलीसहित कानून व्यवसायी शिवकुमार चौधरी, मो। समिम अली, समाजसेवी मो अलाउदी, मो सरफुदिन, मो ताहिर, मो इलयास, मदर्सा समन्वय समितिका मो शाहजहाँलगायतलाई दोसल्ला ओढाएर सम्मान गर्नु भएको हो ।उक्त अवसरमा मदर्सामा अध्ययनरत कक्षा १ देखि ४ सम्मका प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गरेका छात्रछात्रालाई शैक्षिक सामग्रीसमेत वितरण गरियो । २०६३ सालमा स्थापित उक्त मदर्सामा हाल १०० छात्रछात्रा अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?