टेन्डर विवादमा आफ्नै अफिसभित्र लेखापाल कुटिए

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
२५ पटक हेरिएको
Shares
टेन्डर विवादमा आफ्नै अफिसभित्र लेखापाल कुटिए

सारांश

  • काठमाडौं ।
  • लमजुङमा एकजना लेखापाल कार्यकक्षमै कुटिएका छन् ।
  • सुन्दरबजार नगरपालिकाका लेखापाल औषधि खरिद सम्बन्धी टेण्डरका सम्बन्धमा मंगलबार कुटिएका हुन् ।

काठमाडौं । लमजुङमा एकजना लेखापाल कार्यकक्षमै कुटिएका छन् । सुन्दरबजार नगरपालिकाका लेखापाल औषधि खरिद सम्बन्धी टेण्डरका सम्बन्धमा मंगलबार कुटिएका हुन् ।

नगरपालिकाका लेखापाल श्याम पराजुलीलाई स्थानीय जनशक्ति युवा क्लवका अध्यक्ष नवीन श्रेष्ठले कुटेको नगरपालिकाका प्रशासकीय अधिकृतले बताएका छन् ।

कुटिएका पराजुलीको उपचारका लागि गण्डकी अस्पताल पोखरामा रिफर गरिएको बताइएको छ । मंगलबार इमरजेन्सीमा भर्ना गरेर उपचार भैरहको उनका आफन्तले बताएका छन् ।

नगरपालिकाले औषधि खरिदको टेण्डर आह्वान गरेको थियो । रिटेण्डर गराएको भन्दै उनी कुटिएका हुन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?