उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
४६ पटक हेरिएको
Shares
उच्चस्तरीय कार्यदलको निर्णय, यातायात क्षेत्रको समस्या समाधान गर्ने

सारांश

  • काठमाडौं ।
  • यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि बनेको उच्चस्तरीय कार्यदलको बैठक सम्पन्न भएको छ ।
  • यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकमा तत्काल सम्बोधन गर्ने र दीर्घकालीन रुपमा सम्बोधन गर्नसक्ने मागपत्रको बारेमा सूचीकरण गरेर अगाडि बढ्ने सहमति भएको छ ।

काठमाडौं । यातायात क्षेत्रमा देखिएको समस्या समाधानका लागि बनेको उच्चस्तरीय कार्यदलको बैठक सम्पन्न भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमको संयोजकत्वमा बसेको बैठकमा तत्काल सम्बोधन गर्ने र दीर्घकालीन रुपमा सम्बोधन गर्नसक्ने मागपत्रको बारेमा सूचीकरण गरेर अगाडि बढ्ने सहमति भएको छ ।

नेपाल यातायात मजदुर सङ्घका महासचिव नुरनाथ पन्तले बैठकमा यातायात क्षेत्रमा देखिएको समस्या तत्काल सम्बोधन गर्न सकिने र दीर्घकालीन रुपमा गर्न सकिने बारेमा यातायात व्यवसायी र यातायात मजदुरबीच बसेर साझा धारणा बनाएर पर्सीको कार्यदलको बैठकमा पेश गर्ने निर्णय भएको राससलाई जानकारी दिए ।

“भोलि बेलुकासम्म यातायात व्यवसायी र मजदुर सङ्घ, सङ्गठन मिलेर यातायात क्षेत्रमा देखिएका समस्याबारे साझा धारणा बनाउने र पर्सी यातायात व्यवस्था विभागमा बस्ने कार्यदलको बैठकमा पेश गर्ने निर्णय भएको छ”, उनले भने । यातायात मजदुरको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा दुईवटा प्रहरी भ्यानमा आगो लगाउनुका साथै नयाँ बसपार्कस्थित सञ्चालनमा रहेको लोत्से मलमा तोडफोड तथा चोरी भएको थियो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कति छ बिहीबार, विदेशी मुद्राको विनिमय दर ?
कति छ बिहीबार, विदेशी मुद्राको विनिमय दर ?
आज दशैंको पाँचौ दिन, स्कन्दमाताको पूजा गरिदै
आज दशैंको पाँचौ दिन, स्कन्दमाताको पूजा गरिदै
३० वर्षे सेवा अवधिका कारण प्रहरी अधिकारीलाई अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश
३० वर्षे सेवा अवधिका कारण प्रहरी अधिकारीलाई अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने
सरुवापछि रमाना नलिने र नदिने कर्मचारीलाई विभागीय कारबाही हुने
कहाँ हराए होला ! रवीन्द्र अधिकारीका अंगरक्षकको पेस्तोल
कहाँ हराए होला ! रवीन्द्र अधिकारीका अंगरक्षकको पेस्तोल
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
काठमाडौंमा आइतबारदेखि सर्वसाधारणलाई कोभिड १९ को खोप दिँदै, कुन क्षेत्रका नागरिक कहाँ जाने (सुचनासहित)
बाघको छाला जस्तो देखिने वस्तु सहित तीन पक्राउ
बाघको छाला जस्तो देखिने वस्तु सहित तीन पक्राउ
मिटरमा जान नमान्ने ट्याक्सी पक्राउ !
मिटरमा जान नमान्ने ट्याक्सी पक्राउ !
एमालेमा फरक मतलाई निषेध !
एमालेमा फरक मतलाई निषेध !
पत्रकार महासंघ स्रोतको गोपनीयताको रक्षाका लागि प्रतिवादमा उत्रने निष्कर्षमा
पत्रकार महासंघ स्रोतको गोपनीयताको रक्षाका लागि प्रतिवादमा उत्रने निष्कर्षमा