मोदीलाई प्रचण्डले साेधे ‘ जनकपुर भारतको हो भन्नेलाई के गर्नुहुन्छ ?
सारांश
- काठमाडौं, २९ वैशाख ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्रीसँग ‘जनकपुर भारतको हो’भन्ने अभिव्यक्ति दिने सांसद्को बारेमा कुरा उठाएका छन् ।
- दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले ‘जनकपुर भारतको हो’ भन्ने विवादित अभिव्यक्ति दिने भारतीय सांसद् कीर्ति आजादको बारेमा कुरा उठाएका हुन् ।
काठमाडौं, २९ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्रीसँग ‘जनकपुर भारतको हो’भन्ने अभिव्यक्ति दिने सांसद्को बारेमा कुरा उठाएका छन् ।
दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताका क्रममा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले ‘जनकपुर भारतको हो’ भन्ने विवादित अभिव्यक्ति दिने भारतीय सांसद् कीर्ति आजादको बारेमा कुरा उठाएका हुन् ।
ह्यात होटलमा शनिवार भएको भेटवार्ताका क्रममा प्रचण्डले कीर्ति आजादको उक्त अभिव्यक्तिले नेपाल–भारत सम्बन्धको हितका विरुद्ध रहेको भन्दै यस्ता भ्रामक र हानीकारक भनाइकाे भत्सना गरे ।
जवाफमा प्रधानमन्त्री मोदीले आफुले बुझेर आवश्यक कदम चाल्ने बताएको प्रचण्ड सचिवालयले जनाएको छ ।
भेटका क्रममा प्रचण्डले सीमानाका समस्या, मधेशको डुबानको समस्या र विराटनरमा रहेको भारतीय दूतावासको अस्थायी कार्यालय हटाउन माग गरेका थिए ।
Sweekar Shrestha
Good
Durga Adhikari
Ha… Badiya bhaiya ji vanchan Modile
हरि अधिकारी
गफै त हो।
Dipendra Yadav
Gafadi kura
Tirtha Upreti
Good
Raj Kumar Regmi
यो फेक news रहेछ।
Murli Lohni
Nepali le Kirti Azad lai kin bhanna sakenan Bharat ko uttarancchal, Himanchai Darjeeling Sikkim ko sathai Bihar ko purbi ra uttar pradesh ko dakkhini bhag Nepal le fita paunu parchh.