बसले स्कुटरलाई ठक्कर दिंदा चालकको मृत्यु
सारांश
- काठमाडौं ।
- नवलपरासीमा बसको ठक्करबाट एकजना स्कुटर चालकको मृत्यु भएको छ ।
- नवलपरासीको बर्दघाट सुस्ता पूर्व गैंडाकोट नगरपालिका-१२ मा बसको ठक्करबाट सोमबार राति स्कुटर चालकको मृत्यु भएको हो ।
काठमाडौं । नवलपरासीमा बसको ठक्करबाट एकजना स्कुटर चालकको मृत्यु भएको छ । नवलपरासीको बर्दघाट सुस्ता पूर्व गैंडाकोट नगरपालिका-१२ मा बसको ठक्करबाट सोमबार राति स्कुटर चालकको मृत्यु भएको हो ।
नवलपरासीकी स्कुटरमा चलाएकी ४५ वर्षिया कमला भण्डारीको बसको ठक्करबाट मृत्यु भएको हो । भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । लु १ ख ८६७७ नम्बरको बसले ना ५६ प ६५७३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
सवारी साधन नियन्त्रणमा रहेको र बस चालक फरार रहेकाले खोजिकार्य भैरहेको ईलाका प्रहरी कार्यालय गैडाकोटले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया