आहा रारा गोल्ड कपमा हिमाको सहयोग

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
२६ पटक हेरिएको
Shares
आहा रारा गोल्ड कपमा हिमाको सहयोग

सारांश

  • पोखरा, २१ माघ, यही फागुन ९ गतेबाट पोखरा रङ्गशालामा हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो पुरस्कारको प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने भएको छ ।
  • हिमा असका कार्यकारी निर्देशक राजमान थकाली र आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक संस्था सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले सो सम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर गर्नुभयो ।
  • आहा रारा गोल्डकपको दोस्रो पुरस्कारको राशि रु चार लाख एक हजार रहेको छ ।

पोखरा, २१ माघ, यही फागुन ९ गतेबाट पोखरा रङ्गशालामा हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो पुरस्कारको प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने भएको छ ।

हिमा असका कार्यकारी निर्देशक राजमान थकाली र आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक संस्था सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले सो सम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर गर्नुभयो । आहा रारा गोल्डकपको दोस्रो पुरस्कारको राशि रु चार लाख एक हजार रहेको छ । उक्त सम्झौता आगामी तीन वर्षका लागि गरिएको हिमा असका कार्यकारी निर्देशक एवं सहारा अष्ट्रेलियाका अध्यक्ष थकालीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहारा क्लबका अध्यक्ष थापाले आहा रारा गोल्डकपमा सहयोग गरेकोमा कन्सल्टेन्सीप्रति आभार व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन सबैको साथ सहयोग आवश्यक हुने बताउनुभयो । सहारा क्लबले उक्त प्रतियोगिताको बचत रकमबाट सहारा एकेडेमीमा आश्रित २८ बालकलाई भरण पोषण, शिक्षा र फुटबल प्रशिक्षण दिँदै आएको छ ।

(https://musclemx.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?