लमजुङमा सुरु भयो बाह्रौ राष्ट्रिय बौद्ध सम्मेलन

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २४, २०७५
|
|
२७ पटक हेरिएको
Shares
लमजुङमा सुरु भयो बाह्रौ राष्ट्रिय बौद्ध सम्मेलन

सारांश

  • लमजुङको बेसीशहरमा १२ औ राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ ।
  • दुईदिसम्म सञ्चालन हुने सम्मेलनको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।
  • सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक र संस्कृतिले युक्त इन्द्रेणीमय देश भएको बताए ।

लमजुङको बेसीशहरमा १२ औ राष्ट्रिय बौद्ध सम्मेलन सुरु भएको छ । दुईदिसम्म सञ्चालन हुने सम्मेलनको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् । सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले नेपाल बहुजाति, बहुभाषी, बहुधार्मिक र संस्कृतिले युक्त इन्द्रेणीमय देश भएको बताए ।

मुख्यमन्त्री गुरुङले भने ‘यी सबैको पहिचानबाट नै नेपालको राष्ट्रियताको जग बलियो हुन्छ ।  जुन मुलुकमा धार्मिक सहिष्णुता छ त्योे मुलुक धनी छ भन्ने बुझ्नुपर्छ । विगतमा धर्मनिरपेक्ष राष्ट्र रहँदा पनि नेपालमा धार्मिक सहिष्णुताले पूर्ण थियो, यतिबेला धर्म निरपेक्षराष्ट्र भएपछि झनै बल मिलेको छ  । शान्ती, सुरक्षा र राष्ट्रियताको पक्षपोषण विकासको पहिलो सर्त हो, त्यसैले भगवान् बुद्धको शान्तिको सन्देश मुलुकको कुनाकुनामा र विश्वभर फैलिन जरुरी छ  ।’

विकासको प्रमुख आधार नै शान्ति र सुरक्षित वातावरण भएकाले वौद्ध धर्मका माध्यमबाट त्यस्तो अवस्थाको सिर्जना गर्ने तर्फ लाग्न र संघीय तथा प्रदेश सरकारले लिएको आर्थिक सम्वृद्धि हासिल गर्न सघाउन समेत उनले अनुरोध गरेका छन् ।

सो अवसरमा पुर्वराज्यमन्त्री रामबहादुर गुरुङले जिल्लामा वौद्ध सम्मेलन गरेकोमा खुशी व्यक्त गर्दै यसले जिल्लाको पहिचान र प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बताए ।

त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले पनि सम्मेलनका सहभागीलाई जिल्लामा स्वागत गर्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरे । धर्मगुरु खाङ्सेर रिम्पोछेले वौद्ध धर्मको अनुशरण गर्दै शान्ति र विकासको बाटोमा हिँड्न सबैमा आग्रह गरे ।

बौद्ध सम्मेलनले जिल्लाको पर्यटन विकासमा थप सहयोग पुग्ने धर्मोदय सभाका केन्द्रीय अध्यक्ष यज्ञमानपति बज्राचार्यले बताए । उनले भने ‘पहाडी जिल्लामा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय बौद्ध सम्मेलनले धार्मिक पर्यटन अभिवृद्धिका लागी सहयोग पुग्नेछ ।’

धर्मादय सभाको नियमित कार्यक्रम अन्तर्गत प्रत्येक २ वर्षमा विभिन्न जिल्लामा राष्ट्रिय बौद्ध सम्मेलन गरिंदै आएता पनी लमजुङमा भने यो सम्मेलन पहिलो पटक गरिएकोे आयोजकले जनाएको छ ।

७७ जिल्लाका बौद्धधर्मवालम्बीहरु लमजुङमा

बौद्ध सम्मेलनमा भाग लिन ७७ जिल्लाका बौद्धधर्मवालम्बीहरु लमजुङ आएका छन् । सम्मेलनमा शान्तिपद यात्रा, वुद्धहरुको सरोकार र भुमिकावारे कार्यशाला गोष्ठी, वुद्धको अस्तु धातुको दर्शन, प्रवचन, शान्ति दिप पदयात्रा लगायत विविध साँस्कृतिक कार्यक्रम गरिएको धर्मोदय सभा जिल्ला शाखा लमजुङका सदस्य गम प्रसाद गुरुङले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सशस्त्र प्रहरीमा ५ नयाँ डिआइजी, कृष्णभक्त ब्रम्हचार्यको बढुवा १ नंवरमा
सशस्त्र प्रहरीमा ५ नयाँ डिआइजी, कृष्णभक्त ब्रम्हचार्यको बढुवा १ नंवरमा
सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ
सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा ८ जना पक्राउ
उपेन्द्र यादवका प्रेस सल्लाहकार प्रहरी खोरमा
उपेन्द्र यादवका प्रेस सल्लाहकार प्रहरी खोरमा
एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित
एघारौँ वर्ष प्रवेश गरेको वाग्मती सफाइ महाअभियान औपचारिकतामा सीमित
सुन चाँदीको मूल्यमा सामान्य वृद्धि
सुन चाँदीको मूल्यमा सामान्य वृद्धि
असार १५ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको खेताला रुप
असार १५ मा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको खेताला रुप
राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्न पहल गर्नेछु : उपराष्ट्रपति यादव
राष्ट्रिय शहीद स्मारक सम्पन्न गर्न पहल गर्नेछु : उपराष्ट्रपति यादव
घाइते अपाङ्गका लागि पुनस्र्थापना केन्द्र बनाइन्छ : मुख्यमन्त्री शाही
घाइते अपाङ्गका लागि पुनस्र्थापना केन्द्र बनाइन्छ : मुख्यमन्त्री शाही
‘हिमालयन ट्राभल मार्ट’ आजदेखि : ४३ देशको सहभागिता
‘हिमालयन ट्राभल मार्ट’ आजदेखि : ४३ देशको सहभागिता
करिब दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति
करिब दुई सय आरोहीले लिए सगरमाथा आरोहण अनुमति

तपाईंले छुटाउनुभयो कि?